स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जनामा कोरोना संक्रमण पुष्टि « Khabarhub

स्याङ्जामा प्रहरी प्रमुखसहित १८ जनामा कोरोना संक्रमण पुष्टि


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत प्रहरी प्रमुखसहित १८ जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले सोमवार उनीहरुमा कोरोना पुष्टि भएको जानकारी दिए ।

गत शुक्रवार दुई हवल्दार र एकजना प्रहरीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । त्यसपछि थप प्रहरीको स्वाब परीक्षणका लागि पठाइएको थियो ।

प्रवक्ता शर्माका अनुसार केहीको पीसीआर नतिजा अझै आएको छैन । जिप्रकामा हालसम्म २१ जना प्रहरी कर्मचारीमा कोरोना पुष्टि भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ५ : ४९ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ