ऐश्वर्या र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज « Khabarhub

ऐश्वर्या र छोरी आरध्या कोरोनामुक्त, अस्पतालबाट डिस्चार्ज


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आरध्याको कोरोना परीक्षणको नतिजा नेगेटिभ आएसँगै उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।

अभिनेता अभिषेक बच्चनले ट्विट गर्दै श्रीमती ऐश्वर्या र छोरी आरध्या अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।

‘लगातारको प्रार्थना र शुभेच्छाका लागि सबैलाई धन्यवाद । ऐश्वर्या र आरध्याको कोरोना परीक्षण नेगेटिभ आएर अस्पतालबाट डिस्चार्ज भएका छन् । उनीहरु अब घरमै बस्नेछन् ,’ उनले ट्विटमा लेखेका छन् ।

अभिषेक र उनका बुबा अभिताभ बच्चन भने अस्पतालमै रहेका छन् ।

बच्चन बाबु–छोरा गत जुलाई ११ मा मुम्बईको नानावती अस्पतालमा भर्ना भएका थिए । अमिताभ आफ्नो स्वास्थ्यबारे सामाजिक सञ्जालमार्फत जानकारी दिइरहन्छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ११ बजे

वेस्टइन्डिजमाथि रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा पुग्यो भारत

काठमाडौं – भारत आइसीसी टी२० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

जलेश्वर कारागारबाट फरार व्यक्ति भारतमा हतियारसहित पक्राउ

जनकपुरधाम- नेपाल–भारत सीमाक्षेत्रमा भारतीय सुरक्षाकर्मीले महोत्तरीको जलेश्वर कारागारबाट फरार एक

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि