भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, एकैदिन ७५ हजारमा संक्रमण « Khabarhub

भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघ्यो, एकैदिन ७५ हजारमा संक्रमण


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना संक्रमित भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।

संक्रमितको यो संख्या एसियाली देशमा सबैभन्दा धेरै हो भने विश्वमा सबैभन्दा बढी संक्रमित हुने देशहरूको सूचिमा तेस्रो हो ।

संक्रमितमध्ये अहिलेसम्म २५ लाख २३ हजार ४४३ जना संक्रमणमुक्त भएका छन् भने ६ लाख ९५ हजार ४०० जनाको उपचार भइरहेको छ ।

यस्तै भारतमा कोरोना भाइरसको संक्रमणले ६० हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा १०१७ जनाको मृत्यु भएपछि भारतमा यो समाचार तयार पार्दासम्म मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ५४ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति