अमेरिकी जासुस विमानले आफ्नो मुलुकका सैन्य गतिविधी रेकर्ड गरेको चीनको दाबी   « Khabarhub

अमेरिकी जासुस विमानले आफ्नो मुलुकका सैन्य गतिविधी रेकर्ड गरेको चीनको दाबी  


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी जासुसी विमान आफ्नो भू-भागमा प्रवेश गरेर सैन्य गतिविधी रेकर्ड गरेको चीनले दाबी गरेको छ ।

दुई अमेरिकी जासुसी विमान आफ्नो सीमामा घुसेर सैन्य अभ्यास गोप्य रुपमा रेकर्ड गरेको चीनले दाबी गरेको छ ।

अमेरिकी जासुस विमानले उत्तरी चीनको सीमा क्षेत्रमा भएको आफ्नो सैन्य अभ्यासलाई रेकर्ड गराएको दाबी गर्दै उसले अमेरिकी सेनाको उक्त गतिविधि सैन्य झडपका लागि कारक हुन सक्ने चेतावनी दिएको छ ।

‘गत महिना २ अमेरिकी लडाकू विमान संघाईबाट ७५ किलोमिटरको दूरीमा उडान भरिरहेका दृष्यहरु समेत देखिएका छन्,’ चिनिया रक्षा मन्त्रालयका प्रवक्ता वू किनले भने, ‘हाम्रो सेनाका बारेमा थुप्रै घण्टा (रेकर्ड) जासुसी गरेका छन् । यसले हाम्रो सैनिक प्रशिक्षणलाई असर गरेको छ । अमेरिकाले दुई देशबीचको सम्झौता समेत उल्लंघन गरेको छ ।’

अमेरिकाले त्यहाँ प्रयोग गरेको विमान यु–२ पहिलोपटक सन् १९५० पछि देखापरेको बताइएको छ ।

यी विमानले चिनियाँ क्षेत्रमा ७० हजार फिटमाथिबाट रेकर्ड गरेको आरोप लागेको छ । अमेरिकाले भने चिनियाँ आरोपको खण्डन गरेको छैन । सिएनएनसँगको कुराकानीमा यूएस एयरफोर्सका एक अधिकारीले आफूहरू नियममा बसेर काम गरिरहेको बताएका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : १३ बजे

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर