विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  विश्वभर २ करोड ४३ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा २ लाख ७१ हजार ८११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बिहीबार यो समाचार तयार पार्दासम्म २ करोड ४३ लाख २३ हजार ८१ जनामा संक्रमण भएको छ ।

संक्रमितमध्ये १ करोड ६८ लाख ४९ हजार ३३१ जना संक्रमण मुक्त भएका छन् । यस्तै एकै दिन थप ६ हजार ३१९ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २८ हजार ८८७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ६ हजार २२७ जनाको मृत्यु भएको छ । ३४ लाख ३४ हजार ३१७ जना संक्रमित भएकोमा २० लाख २० हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६३ हजार ७६७ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ७० लाख ९१ हजार ६१५ पुगेको छ । त्यसमध्ये ४० लाख ३८ हजार ७४९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख ३४ हजार ८९८ जनाको मृत्यु भएको छ । ६५ लाख ७८ हजार ८६१ जना संक्रमित भएकोमा ५२ लाख ४२ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९४ हजार ७३३ जनाको मृत्यु भएको छ । ५९ लाख ७२ हजार ४४८ जना संक्रमित भएकोमा ४५ लाख ७९ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा २८ हजार ६५६ जनाको ज्यान गएको छ भने १२ लाख १६ हजार ५५८ संक्रमित छन् । संक्रमितमध्ये ९ लाख ४५ हजार ४७५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५७६ जनाको मृत्यु भएको छ । २७ हजार ७८४ जना संक्रमित भएकोमा २२ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ७ : ०७ बजे

डा. गोविन्द केसी र सरकारबीच जुटेन सहमति आज पनि वार्ता

धनगढी- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायतका विषयमा आमरण

साउनको दोस्रो सोमबार पशुपतिनाथ र डोलेश्वरमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– साउन महिनाको दोस्रो सोमबार पशुपतिनाथ, भक्तपुरको डोलेश्वरलगायत देशभरका शिवालयमा

सुनसरी झडपका घाइतेको नि:शुल्क उपचार र निष्पक्ष छानबिनका लागि स्वास्थ्यमन्त्रीको पहल

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुनसरीको

ओली र प्रचण्डको प्रदेश सत्ता समीकरणप्रति बास्कोटाको कटाक्ष: ‘अन्तिम भोज त होइन?’

काठमाडौँ – नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रदेश सरकारमा आफ्नो

कोशी र लुम्बिनीमा मुख्यमन्त्री फेर्ने ओलीको तयारीले किचलो, बागमतीमा पनि झमेला

काठमाडौं- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच सातै प्रदेशमा सत्ता