मान्छेलाई छक्क पार्ने विश्वका ५ अनौठा सजाय « Khabarhub

मान्छेलाई छक्क पार्ने विश्वका ५ अनौठा सजाय


११ भदौ २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै अपराधमा कसुरदारलाई सजाय दिनु नौलो कुरा होइन । विश्वका सबै देशमा कस्ता खाले अपराधमा कस्तो सजाय दिने भन्ने कानुन रहने गरेको छ । तर कतिपय अवस्थामा अपराधको कसुरमा केहि यस्ता सजाय दिइएको छ जो नौलो मात्र होइन आश्र्चयजनक छन् । आज हामी विश्वका केहि यस्ता सजायको बारेमा चर्चा गर्नेछौ ।

१. कार्टुन हेर्ने सजाय
अमेरिकाको मिसौरी निवासी डेविड बेरी नामक ब्यक्तिले सयौं हरीणको शिकार गरेका थिए । सन् २०१८ मा उनलाई यस अपराधको दोषि मान्दै एक बर्षसम्म कारागार जीवनमा न्यनतम एक पटक डिज्नीको बाम्बी कार्टून हेर्ने सजाय दिइएको थियो ।

२. गधासंग मार्चपास गर्ने सजाय
सन् २००३ मा अमेरिकाको शिकागो निवासी दुई युवाले क्रिसमसको साँझ ईसा मसीहको मुर्ती चोरे र यसलाई क्षती पुर्याए । यस अपराधको कसुरमा दुबैलाई ४५ दिनसम्मको जेल जीवनमा आफ्नो गृहनगरमा एक गधासंग नियमित मार्चपास गर्ने सजाय दिइएको थियो ।

३. १० बर्षसम्म चर्च जाने सजाय
सन् २०११ मा अमेरिकाको ओकलाहो निवासी १७ बर्षिय टाइलर एलरेड नामक किशोरले मदिरा पिएर सवारी चलाउँदा दुर्घटना भई उनको साथीको मृत्यु भएको थियो । उच्च माविमा अध्ययनरत छात्रा भएकाले उनलाई यस अपराधको कसुरमा स्नातकसम्मको अध्ययन गर्ने, एक बर्षसम्म नियमित ड्रग, मदिरा वा निकोटिन सेवन नगरेको प्रमाण पेश गर्ने र १० बर्षसम्म चर्च जानुपर्ने सजाय दिईको थियो ।

४. जागीर खोजेर देखाउनु पर्ने सजाय
स्पेनको एण्डालूसिया निवासी एक २५ बर्षिय युवकलाई उनका आमाबुवाले पकेट मनी नदिएको भन्दै अदालतमा उजुरी दिए । तर अदालतले उल्टै उनलाई ३० दिनभित्र बुवाआमाको घर छाड्न र आफ्नो खुट्टामा उभिएर देखाउन भन्दै जागीर खोजेर देखाउने सजाय दिइएको थियो ।

५. शास्त्रीय संगीत सुन्ने सजाय
सन् २००८ मा एंन्ड्रयु वेक्टर नामक एक युवालाई कारभित्र ठुलो आवाजमा र्याप सुनेको कसुरमा १ सय २० पाउण्ड जरीवाना सुनाइयो । पछि न्यायाधिसले जरीवाना ३० पाउण्डमा झार्ने तर २० घण्टासम्म बीथोवन, बाख र शोपेनको शास्त्रीय संगीत सुन्नुपर्ने सजाय सुनाए ।

प्रकाशित मिति : ११ भदौ २०७७, बिहिबार  १० : १६ बजे

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको

दसैँका सामान भित्र्याउन तीन दिनका लागि खुल्यो तातोपानी नाका

सिन्धुपाल्चोक – दसैँका सामान तथा अत्यावश्यक सामग्री नेपाल भित्र्याउन चीनसँगको

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको