कुवेतमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, थप ८२ नेपाली काम र दामविहीन « Khabarhub

कुवेतमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, थप ८२ नेपाली काम र दामविहीन



दोहा : कुवेतमा पछिल्लो केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । काठमाडौँमा एसआरके तथा मदरल्याण्ड म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका ८२ जना नेपाली कामदार अलपत्र परेका छन् ।

कुवेतस्थित वरबा ओइल सर्विसेस कम्पनी उनीहरु अलपत्र अवस्थामा रहेका छन् । कोरोनाका कारण सप्लाई कम्पनी बन्द भएपछि ६ महिनादेखि आफूहरु अलपत्र परेको पीडित मध्येका नवलपरासीका मुक्ति प्रसाद न्यौपानेले बताए ।

म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख २० हजारदेखि १ लाख ६० रुपैयाँ लिएको थियो । तर मेनपावरले भने जस्तो कम्पनी काम र तलब दुवै दिएन । अहिले कम्पनी बन्द भएपछि ६ महिनादेखि न काम, न दाम भएर बस्नु परेको पीडितहरुको भनाइ छ ।

कम्पनीले लिएको साइट बन्द भएपछि कम्पनीले वेवास्ता गर्दा अलपत्र परेको उनीहरुले बताएका छन् । कम्पनी प्रशासनलाई कामको व्यवस्थापन गर्न वा आधामात्र भएपनि तलब दिन माग गर्दा पनि कम्पनी आश्वानबाहेक केहि नगरेकाले थप समस्यामा परेको उनीहरुले बताएका छन् ।

पीडितहरुका अनुसार मंगलबारसम्म कम्पनीले खान दिएको तर, बुधबारदेखि खाना दिन नसक्ने भन्दै खाना बन्द गरेको कारण आफूहरु थप समस्यामा परेको उनीहरुको गुनासो छ । कम्पनीले खाना बन्द गरेपछि भोकै हुने भइयो भन्दै उनीहरुले उद्धारको अपेक्षा गरेका छन् ।

आफूहरुलाई कम्पनीले खाना बन्द गरेपछि कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराएको र दूतावासले चाडै उद्दार तथा राहतको लागि पहल गर्ने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

यसअघि पनि एसआरके नेपाल मेनपावर मार्फत कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यन सहयोग गरेको थियो । अझै उनीहरु पनि कुवेतमै विगत लामो समयदेखि उद्दारको पर्खाइमा छन् ।

अहिले उनीहरु धमाधम विरामी पर्न थालेका छन् । कुवेत लगायत खाडीका अन्य अरब देशहरुमा अलपत्र पर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ११ : २७ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,