कुवेतमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, थप ८२ नेपाली काम र दामविहीन « Khabarhub

कुवेतमा नेपाली अलपत्र पर्ने क्रम बढ्यो, थप ८२ नेपाली काम र दामविहीन



दोहा : कुवेतमा पछिल्लो केही दिन यता विभिन्न कम्पनीमा कार्यरत नेपाली कामदारहरु अलपत्र पर्ने क्रम बढेको छ । काठमाडौँमा एसआरके तथा मदरल्याण्ड म्यानपावर मार्फत विभिन्न समयमा कुवेत पुगेका ८२ जना नेपाली कामदार अलपत्र परेका छन् ।

कुवेतस्थित वरबा ओइल सर्विसेस कम्पनी उनीहरु अलपत्र अवस्थामा रहेका छन् । कोरोनाका कारण सप्लाई कम्पनी बन्द भएपछि ६ महिनादेखि आफूहरु अलपत्र परेको पीडित मध्येका नवलपरासीका मुक्ति प्रसाद न्यौपानेले बताए ।

म्यानपावर कम्पनीले उनीहरुबाट प्रतिव्यक्ति १ लाख २० हजारदेखि १ लाख ६० रुपैयाँ लिएको थियो । तर मेनपावरले भने जस्तो कम्पनी काम र तलब दुवै दिएन । अहिले कम्पनी बन्द भएपछि ६ महिनादेखि न काम, न दाम भएर बस्नु परेको पीडितहरुको भनाइ छ ।

कम्पनीले लिएको साइट बन्द भएपछि कम्पनीले वेवास्ता गर्दा अलपत्र परेको उनीहरुले बताएका छन् । कम्पनी प्रशासनलाई कामको व्यवस्थापन गर्न वा आधामात्र भएपनि तलब दिन माग गर्दा पनि कम्पनी आश्वानबाहेक केहि नगरेकाले थप समस्यामा परेको उनीहरुले बताएका छन् ।

पीडितहरुका अनुसार मंगलबारसम्म कम्पनीले खान दिएको तर, बुधबारदेखि खाना दिन नसक्ने भन्दै खाना बन्द गरेको कारण आफूहरु थप समस्यामा परेको उनीहरुको गुनासो छ । कम्पनीले खाना बन्द गरेपछि भोकै हुने भइयो भन्दै उनीहरुले उद्धारको अपेक्षा गरेका छन् ।

आफूहरुलाई कम्पनीले खाना बन्द गरेपछि कुवेतस्थित नेपाली दूतावासलाई जानकारी गराएको र दूतावासले चाडै उद्दार तथा राहतको लागि पहल गर्ने आश्वासन दिएको उनीहरुले बताएका छन् ।

यसअघि पनि एसआरके नेपाल मेनपावर मार्फत कुवेत पुगेर बिचल्ली परेका ३३ नेपालीलाई एनआरएन कुवेतले खाद्यन सहयोग गरेको थियो । अझै उनीहरु पनि कुवेतमै विगत लामो समयदेखि उद्दारको पर्खाइमा छन् ।

अहिले उनीहरु धमाधम विरामी पर्न थालेका छन् । कुवेत लगायत खाडीका अन्य अरब देशहरुमा अलपत्र पर्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढिरहेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ११ : २७ बजे

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक

बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील

बैतडी– बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएका छन् । आगामी

सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन

काठमाडौं– काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुख विष्णु प्रसाद जोशीले