बार्सिलोनाको राजनीतिक सिकार बन्दै मेस्सी ! « Khabarhub

बार्सिलोनाको राजनीतिक सिकार बन्दै मेस्सी !


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई लिएर विश्वभर चर्चा भइरहेको छ । बुधबार बेलुका बार्सिलोनाका स्पोटिङ डाइरेक्टर रोमन प्लान्सले मेस्सीलाई बार्सिलोना राख्ने प्रयास जारी रहेको बताएका थिए ।

मेस्सीले क्लबका अध्यक्ष जोसेफ मारिया बर्तमोउलाई आफु क्लब छाड्ने निर्णयमा पुगेको भन्दै मंगलबार राति पत्र लेखेका छन् । उनले उक्त पत्र लेखेपछि अहिले मेस्सीको नजरमा कुन क्लब उत्कृष्ट वा उनी बार्सिलोनामै रहलान् भन्ने जिज्ञासा उनका समर्थकमा चलिरहेको छ ।

मेस्सीलाई आवद्ध गर्न इङ्ग्ल्यान्ड क्लब म्यान्चेस्टर सिटी, इटालीयन क्लब इन्टर मिलान र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले आन्तरिक प्रतिस्पर्धामा लागिरहेका छन् ।

यसैबीच अब मेस्सी बार्सिलोनामै रहन्छन् भने क्लबका अध्यक्ष बर्तमोउले राजीनामा दिनु पर्छ भन्ने पनि बसह सुरु भएको छ ।

आगामि वर्ष बर्तमोउको कार्यकाल सकिँदैछ । तर, अहिले मेस्सीलाई बार्सिलोनामा राख्नका लागि भएपनि उनले राजीनामा दिनु पर्ने बार्सिलोनाका पदाधिकारीहरुले विकल्प अगाडि सारेका छन् ।

यसले के देखाउँछ भने मेस्सी बार्सिलोनाका पदाधिकारीको राजनीतिक सिकार बन्दै गएको देखिएको छ ।

पछिल्लो समय बार्सिलोनाको अर्को वर्ष हुने चुनावमा अध्यक्षको उम्मेदवार रहेका भिक्टोर फोन्सले बताएका छन् ।

मेस्सी क्लबको कार्यशैलीलाई लिएर असन्तुष्ट रहेको बताउँदै उनले बर्तमोउले राजिनामा दिनु राम्रो भएको बताएका छन् ।

‘यदी मेस्सी क्लबमै रहने त्यहाँ कुनै विकल्प छ भने बार्तामेउले राजीनामा दिनुपर्छ,’ फोन्टले एक कुराकानीमा भनेका छन् ।

बार्सिलोनाका कप्तान मेस्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा बार्यन म्युनिखसँग ८–२ गोल अन्तरको फराकिलो अन्तरले पाजित भएपछि क्लब छाड्ने निर्णयमा पुगेका हुन् ।

उनले क्लबका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटघाटा आफुले बार्सिलोनाभन्दा बाहिर भविष्य देखेको बताएका छन् ।

उनको बार्सिलोनासँगको सम्झौतामा हरेक सिजनको अन्तीममा यदि उनले क्लब छाड्न चाहे जान सक्नेगरि सम्झौता भएको छ ।

मेस्सीले त्यसै क्लजलाई प्रयोग गर्न चहाएका छन् । सिजन जुनमा सिकिन्थ्यो भने अहिले कोरोना भाइरसका कारण पछि धकेलिएको अवस्थामा पनि त्यो क्लज लागु हुनु पर्ने माग मेस्सीले गरिरहेका छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १२ : ०१ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक