किष्ट मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु « Khabarhub

किष्ट मेडिकल कलेजमा उपचाररत संक्रमितको मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- किष्ट मेडिकल कजेमा काठमाडौंका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका चिफ अप्रेटिङ अफिसर अनिश पाठकका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

पाठकका अनुसार ती पुरुष कडा खालको निमोनियाको समस्या लिएर भदौ ७ गते किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौं ९ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको १० गते बेलुका ८ बजे मृत्यु भएको पाठकले बताए ।

“हाम्रो अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ,” पाठकले खबरहबसँग भने, “उहाँ काठमाडौं तारकेश्वर नगरपालिकाका ५५ वर्षका पुरुष हुनुहुन्छ ।”

योसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गर्न बाँकी बुधबार साँझ र बिहीबार बिहान सम्ममा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाटन अस्पतालमा ललितपुरकी ६५ वर्षीका एक महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखराकी ३२ वर्षकी महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुका ५० वर्षका पुरुष, रुपन्देहीकी७० वर्षकी महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा बाराक २३ वर्षकी महिला, पर्साका ७२ वर्षका पुरुष र तथा वीरगञ्ज हेल्य केयरको कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १२ : ५७ बजे

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको

एन्फाका अध्यक्ष नेम्वाङ र महासचिव राईविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट