कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु | Khabarhub Khabarhub

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार साँझ र बिहीबार बिहानसम्म थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ ।

मृत्यु हुनेमा पाटन अस्पतालमा उपचाररत ललितपुरकी ६५ वर्षीया महिला, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखराकी ३२ वर्षीया महिला, लुम्विनी प्रादेशिक अस्पतालमा कपिलवस्तुमा उपचाररत ५० वर्षीय पुरुष, रुपन्देहीकी ७० वर्षीया महिला, नारायणी अस्पतालको कोभिड अस्पतालमा उपचाररत बाराकी २३ वर्षीया महिला, पर्साका ७२ वर्षका पुरुष तथा वीरगञ्ज हेल्थ केयरको कोभिड अस्पतालका एक पुरुष छन् ।

वीरगञ्जस्थित नारायण अस्पतालमा धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको छ ।

भदौ ८ मा नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा निमोनियासमेत थियो । उनको उपचारका क्रममा बुधबार साँझ ६:२२ मा मृत्यु भएको अस्पतालका डाक्टर उदयनारायण सिंहले जानकारी दिए ।

यस्तै भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी २३ वर्षीया महिलाको पनि उपचारका क्रममा आज बिहान ६ बजे मृत्यु भएको डा.सिंहले जानकारी दिए । मृतक महिला ३३ हप्ताकी गर्भवती थिइन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ ।

भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएर उपचारका लागि अस्पताल भर्ना भएकी पोखरा-११ कि ३२ वर्षीया महिलाको आज बिहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए ।

कपिलवस्तुका कोरोना संक्रमित एक पुरूषको पनि बुधबार राति मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका १ का ५० बर्षीय पुरुषको बुटवलस्थित बुटवलस्थित धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा मृत्यु भएको कोभिड अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाले जानकारी दिए।

लामो समयदेखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका उनको भेन्टिलेटरमा उपचारका क्रममा बुधबार राति १०:४५ बजे मृत्यु भएको थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

पाटन अस्पतालमा पनि आज बिहान ललितपुरकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ। आईसीयूमा उपचाररत उनको बिहान ६ बजेतिर मृत्यु भएको पाटन अस्पतालका निर्देशक डा. रवि शाक्यले जानकारी दिए ।

त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

साउन २६ गते संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार जारी थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि साउन ३१ गते धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । ४ दिन अघिदेखि भेन्टिलेटरमा राखेर उनको उपचार जारी थियो ।

उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार पनि थप प्लाज्मा दिने तयारी थियो ।

संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ ।

त्यस्तै किष्ट मेडिकल कजेमा काठमाडौंका अस्पतालका चिफ अप्रेटिङ अफिसर अनिश पाठकका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–११ का ५५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको छ ।

पाठकका अनुसार ती पुरुष कडा खालको निमोनियाको समस्या लिएर भदौ ७ गते किष्ट मेडिकल कलेजमा भर्ना भएका थिए । उनमा भदौ ९ गते कोरोना पुष्टि भएको थियो । ती पुरुषको १० गते बेलुका ८ बजे मृत्यु भएको पाठकले बताए ।

“हाम्रो अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ,” पाठकले खबरहबसँग भने, “उहाँ काठमाडौं तारकेश्वर नगरपालिकाका ५५ वर्षका पुरुष हुनुहुन्छ ।”

कोरोनाको आशंका गरिएका ८० वर्षीय पुरुषको निधन

नारायणी अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार नारायणी अस्पतालमा कोरोना आशंका गरिएका थप एक पुरुषको पनि मृत्यु भएको छ ।

रौतहटका ८० वर्षका पुरुषको मृत्यु भएको र उनको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी प्रयोगशाला पठाइएको डा सिंहले बताए ।

डा सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर हिजो बेलुका अस्पताल आएका थिए । उनको हिजो साँझ ७ बजे नै मृत्यु भएको छ ।

उनले भने, “पर्साको नारायणी अस्पताल र वीरगंज हेल्थ केयरको कोभिड अस्पतालहरुमा ३ जना मृत्यु भएका महिला तथा पुरुषमा कोरोना पुष्टि भइसक्यो,” डा सिंहले भने, “थप एकजनाको मृत्यु भएको छ, उहाँको स्वाब संकलन गरी परीक्षण हुँदैछ ।”

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  १ : ३७ बजे

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको