कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च « Khabarhub

कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ ।

कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका—८ का वडाध्यक्ष रामकृष्ण बराईलीले आजसम्म ८१ लाख ३३ हजार ११२ खर्च भएको जानकारी दिए ।

उनले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिदलगायत शीर्षकमा उक्त रकम खर्च भएको बताए ।

उनका अनुसार खर्च भएका रकममध्ये राहत वितरणमा रु २९ लाख ४४ हजार ६ सय १७, आइसोलेसन कक्ष निर्माणमा रु १७ लाख ८३ हजार, औषधि उपकरण खरिदमा रु १५ लाख ६५ हजार ९६३, क्वारिन्टनमा खाना खर्चमा रु १३ लाख ५८ हजार ७९८, उद्धारका लागि यातायात व्यवस्थापनमा रु ३ लाख ५ हजार ३४९ तथा स्वयंसेवक परिचालनमा रु २ लाख ७१ हजार ६०० खर्च भएका छन् ।

नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा नगरपालिकाबाट रु एक करोड छ लाख पाँच हजार, बेनी खानेपानी उपभोक्ता संस्थाबाट रु एक लाख, प्रदेश सरकारबाट रु दस लाख, अर्थ मन्त्रालयबाट रु दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुबाट रु १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुबाट रु दुई लाख २९ हजार ८६१, कर्मचारीहरुबाट रु एक लाख ६९ हजार १५५ सहयोग प्राप्त भएको सो अवसरमा जानकारी गराइयो ।

त्यस्तै कोरना रोकथाम तथा नियन्त्रणका लागि नगरवासीलाई सुसूचित गराउन यहाँका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयंसेवकको रुपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  २ : ०० बजे

सोमालिया निर्वाचन वार्ता निष्कर्षविहीन, संवाद जारी राख्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी – निर्वाचन र राजनीतिक संक्रमणसम्बन्धी प्रमुख विवाद समाधान हुन

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज– बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

महेन्द्रनगर– जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म

सार्वजनिक स्रोत-साधनको मितव्ययी उपयोगमा महालेखाको जोड

काठमाडौं– महालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जबाफदेहिता, पारदर्शिता र निष्ठा

सशस्त्र प्रहरी सहायक हवलदार कार्कीद्वारा सगरमाथाको सफल आरोहण 

काठमाडौं– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की सशस्त्र प्रहरी बल,