काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो) काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए ।

नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको थियो । आज थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्‍या १८३ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : २२ बजे

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०

इरानको मिसाइल आक्रमणपछि इजरायलमा तनाव, सरकारसँग मागियो जवाफ

जेरूसेलम- इरानले शनिबार राति ठूलो क्षति हुने गरी मिसाइल हमला

आकाश खुलेसँगै सफा देखियो काठमाडौं (तस्बिरहरू)

काठमाडौं- गत शुक्रबारदेखि सक्रिय भएको वर्षा गराउने प्रणाली कमजोर हुँदा

राम नवमीको साइतमा प्रधानमन्त्री बन्दै बालेन, त्यसअगाडि रास्वपाले गर्नेछ यी महत्‍वपूर्ण निर्णय

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १२ गते बिहान सचिवालय र