काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा आज एकै दिन थपिए ३७७ कोरोना संक्रमित


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३७७ जना संक्रमित थपिएका छन् ।

यसअघि बुधबार (हिजो) काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंमा २३० , ललितपुरमा ४७ र भक्तपुरमा २४ जना थिए ।

नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको थियो । आज थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्‍या १८३ पुगेको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : २२ बजे

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको

सङ्घीयतालाई वित्तीय र प्रशासनिक रुपमा प्रभावकारी बनाउनुपर्छ : गगन थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई वित्तीय र

टिपर पल्टिएर तमोरमा खस्दा एकजना बेपत्ता

ताप्लेजुङ– यहाँको फक्ताङलुङ गाउँपालिका–६ लेलेपमा आज दिउँसो टिपर पल्टिएर तमोर

इम्बोस्ड नम्बर प्लेटबारे महासंघले भन्यो- सरकारी निर्णयको विरोधमा उत्रिनू

काठमाडौं– नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले इम्बोस्ड नम्बर अनिवार्य गर्ने

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको