कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च « Khabarhub

कोरोना रोकथाम तथा उपचारमा १२ लाख खर्च


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- कोभिड- १९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि म्याग्दीको बेनी नगरपालिकाबाट हालसम्म रु १२ लाखभन्दा बढी खर्च भएको छ ।

कोभिड- १९ रोकथाम, नियन्त्रण तथा उपचारमा भएको खर्च विवरण सार्वजनिक गर्न नगरपालिकाद्वारा आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता एवम् बेनी नगरपालिका-८ का वडाध्यक्ष रामकृष्ण बराईलीले आजसम्म ८१ लाख ३३ हजार ११२ खर्च भएको जानकारी दिए ।

उनले क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन, आइसोलेसन कक्ष स्थापना, राहत वितरण, स्वास्थ्य सामग्री खरिदलगायत शीर्षकमा उक्त रकम खर्च भएको बताए । उनका अनुसार खर्च भएका रकममध्ये राहत वितरणमा रु २९ लाख ४४ हजार ६ सय १७, आइसोलेसन कक्ष निर्माणमा रु १७ लाख ८३ हजार, औषधि उपकरण खरिदमा रु १५ लाख ६५ हजार ९६३, क्वारिन्टनमा खाना खर्चमा रु १३ लाख ५८ हजार ७९८, उद्धारका लागि यातायात व्यवस्थापनमा रु ३ लाख ५ हजार ३४९ तथा स्वयंसेवक परिचालनमा रु २ लाख ७१ हजार ६०० खर्च भएका छन् ।

नगरपालिकाद्वारा स्थापित कोरोना कोषमा नगरपालिकाबाट रु एक करोड छ लाख पाँच हजार, बेनी खानेपानी उपभोक्ता संस्थाबाट रु एक लाख, प्रदेश सरकारबाट रु दस लाख, अर्थ मन्त्रालयबाट रु दुई लाख ६५ हजार ३७५, सामुदायिक विद्यालयका शिक्षकहरुबाट रु १३ लाख १५ हजार ९८२, जनप्रतिनिधिहरुबाट रु दुई लाख २९ हजार ८६१, कर्मचारीहरुबाट रु एक लाख ६९ हजार १५५ सहयोग प्राप्त भएको सो अवसरमा जानकारी गराइयो ।

त्यस्तै कोरना रोकथाम तथा नियन्त्रणका लागि नगरवासीलाई सुसूचित गराउन यहाँका विद्यालयका शिक्षकलाई आलोपालो रुपमा वडास्तरबाट स्वयंसेवकको रुपमा परिचालन गरिने नगरप्रमुख हरिकुमार श्रेष्ठ बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : ०८ बजे

मनसुनसँगै देशैभर सरुवा रोगको जोखिम: सतर्क रहन चिकित्सकको सल्लाह

काठमाडौँ – गर्मी तथा मनसुन सुरु भएसँगै देशभर विभिन्न सरुवा

घोडेपानी–पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिलमा पर्यटकीय

कपिलवस्तुमा बस दुर्घटना: चालकसहित २२ घाइते

कपिलवस्तु – कपिलवस्तुको महाराजगन्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा यात्रुवाहक बस

विश्वकप फुटबल : पहिलो हाफमा नेदरल्याण्ड्स र मोरक्को गोलरहित बराबरीमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरण अन्तर्गतको खेलमा

गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर र बङ्गुर मरे

गोरखा– अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर र