एकैदिन थपिए १,१११ कोरोना संक्रमित, कुन जिल्लामा कति ? « Khabarhub

एकैदिन थपिए १,१११ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

नेपालमा कोरोना संक्रमितको संख्या ३५,५२९ पुग्यो


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा विहीबार थप १ हजार १११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, मोरङका २० जना, संखुवासभाका ४ जना र सुनसरीका ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ४९ जना, पर्साका ८५ जना, बाराका ३० जना, महोत्तरीका ७ जना, रौतहटका १५ जना, सप्तरीका २२ जना, सर्लाहीका ६ जना र सिरहाका ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २७०, काभ्रेका १३ जना, चितवनका ४५ जना, दोलखाका २ जना, धादिङका एकजना, नुवाकोटका ७ जना, भक्तपुरका ४१ जना, मकवानपुरका ६३ जना, रामेछापका ६ जना र ललितपुरका ६६ जना, सिन्धुपाल्चोकका ३ जना र सिन्धुलीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २ जना, गोरखाका एकजना, तनहुँका ११ जना, नवलपरासी पूर्वका १७ जना, पर्वतका एकजना, लमजुङका ३ र बाग्लुङका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा कपिलवस्तुका २१ जना, गुल्मीका ३ जना, दाङका २ जना, नवलपरासीका १८ जना, प्युठानका ४ जना, बर्दियाका एकजना, बाँकेका ७५ जना र रुपन्देहीका ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका ५ जना, दैलेखका १२ जना, सुर्खेतका ९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्तिम प्रदेशमा कंचनपुरका ६ जना, कैलालीका २० डोटीका ६ जना, बझाङका एकजना र बैतडीका १७ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ५६९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो ।

मन्त्रालयका अनुसार बुधबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १७५ पुगेको थियो । आज थप ८ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् । जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिला छन् ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ४ : ४२ बजे

प्रहरी सेवालाई अझै चुस्त बनाउँदै लैजाने नवनियुक्त महानिरीक्षकको प्रतिबद्धता

काठमाडौँ – नवनियुक्त प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयले

दिनभर आज : यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचार

आज दिनभर राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक, बागमतीका मुख्यमन्त्री

मेलमिलाप विवाद समाधानको प्रभावकारी माध्यम हाे : न्यायाधीश खतिवडा

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मेलमिलाप विवाद समाधानको

झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ

काठमाडौँ – झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना

मोबाइल चोरी गर्ने र खरिद गर्ने दुवै पक्राउ

भक्तपुर – प्रहरीले मोवाइल चोरी गर्ने र सोही चोरीको मोवाइल