कोरोनाले कुन प्रदेशमा कतिले ज्यान गुमाए, कति निको भए ? (विवरणसहित) « Khabarhub

कोरोनाले कुन प्रदेशमा कतिले ज्यान गुमाए, कति निको भए ? (विवरणसहित)


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारसम्मको तथ्यांक अनुसार नेपालमा कोरोनाका कारण सातवटै प्रदेशमा गरी ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।

कोरोना भाइरसको संक्रमणबाट प्रदेश–२ मा सबैभन्दा धेरै ७५ जनाको मृत्यु भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा ४ जनाको मृत्यु भएको छ ।

हिजो बुधबार ११ जनाको मृत्यु भएकोमा आज थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज मृत्यु हुनेमा ५ जना महिला र ३ जना पुरुष गरी ८ जना रहेका छन् ।

जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिला, बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष रहेका छन् ।

यस्तै कास्कीका ३२ वर्षकी महिला, कपिलवस्तुका ५० वर्षका एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक महिला छन् ।

हालसम्म कुन प्रदेशम कतिको मृत्यु

प्रदेश १ मा- २०

प्रदेश–२ मा -७५

वाग्मती प्रदेशमा- ३९

गण्डकी प्रदेश- ९

प्रदेश ५ मा- २६

कर्णाली प्रदेश-४

सुदूरपश्चिम प्रदेश- १०

हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या जम्मा- १८३

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगिसकेको छ । यसमध्ये २० हजार ७३ संक्रमित निको भएर घर फर्किसकेका छन् । सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ ।

कुल संक्रमित मध्ये ५६ प्रतिशत संक्रमित संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १४९१ जना

प्रदेश २ मा ४४५८ जना

वाग्मती प्रदेश ९४६ जना

गण्डकी प्रदेशमा १६७० जना

प्रदेश ५ मा ४७०२ जना

कर्णाली प्रदेशमा २०२५ जना

सुदूरपश्चिम प्रदेशमा ४७८१ जना

 

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ४२ बजे

सम्पत्ति विवरणबारे मन्त्री पोखरेल : दोहोर्याए पारदर्शीता

काठमाडौँ – शिक्षामन्त्री सस्मित पोखरेलले आफ्नो सम्पत्ति विवरणबारे उठेको प्रश्नबारे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको