वैदेशिक अध्ययन अनुमतिपत्र पुन: सुचारु हुने | Khabarhub Khabarhub

वैदेशिक अध्ययन अनुमतिपत्र पुन: सुचारु हुने


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्चशिक्षाका लागि विदेशी विश्वविद्यालयहरुमा अध्ययन गर्न चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र (नो अब्जेक्सज सर्टिफिकेट) जारीको कार्य पुनः सूचारु हुने भएको छ ।

मन्त्रिपरिषद्को यही भदौ ९ गतेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

कोरोना महामारीको जोखिमका कारण सरकारले गत चैत ३ गते उक्त अनुमति दिने कार्य स्थगनको निर्णय गरेको थियो ।

जोखिम कायमै रहे तापनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ यही भदौ १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खोल्ने तयारी भएपछि वैदेशिक अध्ययन अनुमतिपत्र पनि खुल्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्तो अनुमति जारी गर्दै आएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ५ : ४३ बजे

परिवार व्यवस्थापन, यौन तथा प्रजनन स्वास्थ्यमा लगानी बढाउन माग

गण्डकी– नेपाल परिवार नियोजन सङ्घले परिवार व्यवस्थापन एवं यौन तथा

सामाजिक सुरक्षा कोष र नेपाल बारबीच सम्झौता

काठमाडौं–  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा

ज्ञानेन्द्र शाहीलाई अमेरिकामा ‘ग्लोबल हिरो’ अवार्ड प्रदान

अमेरिका– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही ‘ग्लोबल

बेमौसमी लिगलिगे दौडले घटाएको शेखरको कद

नेपाली कांग्रेस नेपाली राजनीति भित्र समाजवादी मूल्य मान्यताको पक्षधर दल

आज साउनको दोस्रो सोमबार, पशुपतिनाथलगायतका शिवालयमा भक्तजनको भीड

काठमाडौं- आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका