कोरोना नियन्त्रणका लागि बेलायतले ७ अर्ब सहयोग गर्ने « Khabarhub

कोरोना नियन्त्रणका लागि बेलायतले ७ अर्ब सहयोग गर्ने


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेलायतले नेपाललाई ४५.८ मिलियन पाउण्ड (करिब रु. ७ अर्ब १४ करोड) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।

बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।

उक्त छलफलमा अर्थमन्त्री  डा. खतिवडाले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा धन्यवाद दिए।

अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ६ : ४७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति