आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक थुनामा | Khabarhub Khabarhub

आगो लगाएर श्रीमतीको हत्या गर्न खोज्ने युवक थुनामा


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- श्रीमतीलाई मट्टितेल खन्याई आगो लगाएर हत्या गर्न खोज्ने एक युवकलाई आज अदालतले पुर्पक्षका लागि कारागारमा थुनामा पठाएको छ ।

जिल्ला अदालतको आदेशमा आरोपित सुरुङ्गा नगरपालिका–१ लक्ष्मीपुरका २५ वर्षीय दिपेन भनिने दिपेन्द्र सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ ।

श्रीमानलाई अदालतले कारागार पठाएकै बेला घरमा मृत्यु पर्खेर बसेकी घाइते २१ वर्षीया बसन्तीदेवी सदालाई समग्र जनउत्थान केन्द्रका मनोविमर्शकर्ता रेणु कर्ण र कविता चौधरीले उद्धार गरी अस्पताल भर्ना गराएका छन् ।

गत साउन ७ गते बिहानै मदिरा खाएर मातिएका दिपेनले कुटपिट गरी शरीरमा मट्टितेल खन्याई आगो लगाएर घाइते बनेकी पीडित खर्च अभावमा घरमै बसेकी थिइन् । आरोपित श्रीमान भने घटना लगत्तै पक्राउ परे ।

आगो लगाएको घटना थाहा पाएर छिमेकीले आगो निभाए पनि बसन्तीको छातिदेखि तलको अधिकांश भाग जलेको रामकुमार शारदा उमाप्रसाद मुरारका लहान अस्पतालका डाक्टर सुनिल कुशवाहाले जानकारी दिए ।

घाइतेका बुवाले तत्कालै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएपछि आरोपित पक्राउ परेका हुन् । घरदेखि पीडितको माइत दुई किलोमिटरको दुरीमा छ ।

आगो लगाएर ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरेको प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला अदालतमा पेश गरेकामा आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरीले बताए ।

“आपसी विवादका कारण भारतबाट आएको दोस्रो दिन नै श्रीमानले श्रीमतीलाई आगो लगाएको देखिन्छ”, प्रहरी निरीक्षक केशरीले भने, “घाइतेका बुवाले आगो लगाएको भनेर किटानी जाहेरी दिए पनि शुरुमा घाइतेले आफै जलेको भनेर कुरा लुकाउन खोजेकी थिइन् तर घरपरिवार र गाउँलेको दबाबमा आरोपित श्रीमानलाई जोगाउन खोजेकी रहिछिन् ।”

घटना भएलगत्तै प्रहरीले उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरेको प्रहरी निरीक्षक केशरीले जानकारी दिनुभयो । सो अस्पतालले रेफर गरेपछि नोबेल अस्पताल विराटनगर पु¥याइएकी घाइतेलाई नोबल अस्पतालले भर्ना लिन नमानेपछि पुनः फर्किएर राजविराज आएको घाइतेका ससुरा हरी सदाले बताए ।

खर्च अभावमा औषधी उपचार नै नगराइ घाइतेलाई घरमै राखेको अवस्थामा जानकारी पाएपछि घर नै पुगेर मनोविमर्श गरी लहानस्थित अस्पताल ल्याएको मनोविमर्शकर्ता रेणुले बताइन । लहान अस्पतालले पनि उपचारका लागि उपयुक्त स्थान काठमाडौँ वा धरान लैजान सुझाए पनि केन्द्रको आग्रहमा केही दिनका लागि प्राथमिक उपचार गर्न तयार भएको समग्र जनउत्थान केन्द्रका निर्देशक देवराज पोखरेलले बताए ।

केन्द्रले लहानमै उपचार सम्भव ठानेर उद्धार गरी लहान अस्पताल भर्ना गरे पनि उपचारमा संलग्न डा रोहित साहले शरिरको ५५ देखि ६० प्रतिशत भाग जलेका कारण विशेष उपचार आवश्यक हुँदा काठमाडौं लैजानुपर्ने बताएका छन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ८ : ३० बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक