नेपालको ‘ग्रीन–रिकभरी’का लागि सघाउँछौं : राजदूत पोलिट « Khabarhub

नेपालको ‘ग्रीन–रिकभरी’का लागि सघाउँछौं : राजदूत पोलिट


११ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागी बेलायती राजदूत निकोला पोलिटले नेपालमा ‘ग्रीन–रिकभरी’का लागि सघाउने जनाएकी छिन्।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय खाका संरचना महासन्धी (यूएनएफसीसीसी) को २६औं सम्मेलन (कोप–२६) मा नेपालको महत्वकांक्षी परिणामका लागि मिलेर काम गरिरहेको समेत उनले बताएकी छन्।

सन् २०२१ को नोभेम्वरका लागि तय भएको उक्त सम्मेलन बेलायतमा हुँदैछ।

राजदूत पोलिटले आज नेपाली भाषामा ट्वीट गर्दै नेपालले महत्वकांक्षी परिणाम ल्याउन् भनेर मिलेर काम गरिरहेको जानकारी दिएकी हुन्।

उनले ट्वीटरमा लेखेकी छिन- ‘नेपालको हिमालयले लाखौंलाई पानी उपलब्ध गराएको छ। जलवायु परिवर्तनले हिमनदीहरू द्रुत गतीमा पग्लदै गएका छन्। बेलायतले नेपाललाई #greenrecovery मा सहयोग गर्दै नेपालले @cop26 मा महत्वकाँक्षी परिणाम ल्याओस भनेर काम गर्दैछ।’

दक्षिण एसिया तथा कमनवेल्थ सम्बन्धी बेलायती मन्त्री तारिक अहमदले नेपालका वनमन्त्री, सचिव र अन्य सरोकारवालासँग जुममार्फत् छलफल गरेका थिए।

हरित अर्थतन्त्र सुधारका लागि नेपाल प्रतिबद्ध रहेको र जलवायु परिवर्तनबाट सिर्जित प्रकोपसँग लड्नका लागि बेलायतले नेपाललाई करिब ४० करोड डलर सहयोग उपलब्ध गराउन प्रतिबद्ध रहेको उल्लेख गर्दै ट्वीट गरेका थिए। राजदूत पोलिटले त्यसैमा ‘क्वोट रिट्वीट’ गर्दै ‘कोप–२६’ को शुभेच्छा व्यक्त गरेकी हुन्।

प्रकाशित मिति : ११ भाद्र २०७७, बिहीबार  ९ : ०३ बजे

चितवनका १०१ पत्रकारको आँखा परीक्षण

चितवन– नेपाल नेत्रज्योति सङ्घ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालमा आज

कांग्रेस महाधिवेशन : केन्द्रमा उम्मेदवारी दिएका नेता प्रदेश र जिल्लामा उठ्न नपाउने

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कुनै पनि केन्द्रीय पदमा उम्मेदवार

रणनीतिक भण्डारबाट ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आईईए) का सदस्य राष्ट्रहरूले रणनीतिक भण्डारबाट

भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग

काठमाडौं– रसुवाको भोटेकोशीमा गत भदौ १० गते गएको बाढीबाट प्रभावित

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम– मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो दुई