गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ « Khabarhub

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनीहरूलाई झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट पक्राउ गरिएको हो ।

शनिबार उनीहरुले गोरु काटेको, गोरुको टाउको र खुट्टा उखुबारीमा गाडेको खबर स्थानीयले शनिश्चरे प्रहरी चौकीलाई गरेका थिए ।

गाडेको अवस्थामा टाउको र खुट्टा फेला परेपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीले ले जनाएको छ । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ०७ बजे

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका