गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ | Khabarhub Khabarhub

गोरु काटेर खाएको आरोपमा तीनजना पक्राउ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – गोरु काटेर खाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीरबहादुर दनुवार र २७ वर्षकै टिकाराम दनुवार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार उनीहरूलाई झापाको अर्जुनधारा–५ स्थित बैसाबारीबाट पक्राउ गरिएको हो ।

शनिबार उनीहरुले गोरु काटेको, गोरुको टाउको र खुट्टा उखुबारीमा गाडेको खबर स्थानीयले शनिश्चरे प्रहरी चौकीलाई गरेका थिए ।

गाडेको अवस्थामा टाउको र खुट्टा फेला परेपछि तीनै जनालाई पक्राउ गरेको प्रहरीले ले जनाएको छ । उनीहरूविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ९ : ०७ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र