च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची « Khabarhub

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको छ। बिहीबार बिहान १० बजेका लागि आह्वान गरिएको बैठक केही ढिला गरी सुरु भएको हो।

जारी बैठकले पार्टीको स्थायी कमिटी र पोलिट्ब्यूरो सदस्यहरूको नामावली टुंगो लगाउनुका साथै विभिन्न विभागहरूलाई पूर्णता दिने कार्यसूची रहेको छ। यसका साथै भौगोलिक तथा गैरभौगोलिक कमिटीमा सह-इन्चार्ज तोक्ने विषयमा पनि छलफल भइरहेको छ।

एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार सचिवालय बैठकबाट नेताहरूको नयाँ कार्यविभाजन सम्बन्धी प्रस्ताव पारित गरी अनुमोदनका लागि आजै बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गरिनेछ।

सचिवालय बैठक सकिएलगत्तै केही दिनदेखि जारी एमालेको केन्द्रीय कमिटी बैठक पनि आजै पुनः बस्ने कार्यक्रम रहेको छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ११ : ३७ बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र