ब्याडमिन्टन अभ्यासका लागि सबै तयारी भयो, भोलिदेखि शुरु हुन्छः श्रेष्ठ « Khabarhub

ब्याडमिन्टन अभ्यासका लागि सबै तयारी भयो, भोलिदेखि शुरु हुन्छः श्रेष्ठ


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको अभ्यास सोमबारबाट हुने संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले बताएका छन् ।

आइतबारदेखि अभ्यासमा फर्किने योजना बनाएको राष्ट्रिय ब्याडमिन्टन संघको पहिलो दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल सरसफाइ लगायतका काममा बित्यो ।

पहिलो दिनको अभ्यासका लागि भनेर १० जना खेलाडी उपस्थिती भएको अध्यक्ष श्रेष्ठले बताए ।

‘आज सबै तयारी पूरा भएको छ । खेलाडीहरु पनि आएका थिए । सुरक्षा मापदण्डका विषयमा कुराकानी भयो,’ अध्यक्ष श्रेष्ठले भने, ‘भोलिदेखि खेलाडीहरु खेल्छन् ।’

ब्याडमिन्टनको राष्ट्रिय टोलीको प्रशिक्षकमा दक्षिण कोरियाली नागरिक छोइ सेङकुक रहेका छन् । उनी फागुनमा नेपाली टोलीको प्रशिक्षण दिन आइपुगेका थिए । तर, लगत्तै सुरु भएको लकडाउनले कुकले अभ्यास गर्न पाएका थिएनन् ।

नेपाली खेलाडीहरु पनि उनीसँग नेपाली खेलाडीले लामो समय अभ्यास गर्न पाएका छैनन् । साउनमा लकडाउन खुकुलो भएपछि संघले अभ्यास सुरु गरेको थियो । तर, पुन: भदौमा काठमाडौं उपत्यकामा निषेधाज्ञा लागेपछि रोकिएको थियो ।

‘अहिले हामीले स्वास्थ्यका न्युनतम मापदण्ड पूरा गरेर अभ्यास सुरु गरिरहेका छौं । ह्यान्डस्यानिटाइजरको प्रयोग, सामाजिक दूरी कायम र एक अर्काको सामान प्रयोग नगर्ने गरि अभ्यास सुरु गरिरहेका छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

यस्तै, एक हप्ताभित्र खेलाडी तथा प्रशिक्षकको कोरोना परिक्षण गर्ने संघको तयारी रहेको उनले बताए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ७ : ५८ बजे

दोहोरो सुविधा नपाउने गरी कानुन तर्जुमा गर्न लागिएको हो : कानुनमन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले संवैधानिक निकायमा कार्यरत

घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

च्यासलमा एमाले केन्द्रीय सचिवालय बैठक, नेताको कार्यविभाजन र विभागको पूर्णता मुख्य कार्यसूची

काठमाडौँ – सत्तारूढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक ललितपुरको

प्रस्तावित राजदूतको सुनुवाइ प्रक्रिया सुरु, उजुरीका लागि १० दिनको सीमा

काठमाडौं– संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरूको संसदीय

एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलको सहकार्यमा इन्द्रजात्रामा सांस्कृतिक कार्यक्रम  

काठमाडौं– इन्द्रजात्राको अवसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक र द लोकलले हनुमानढोका