ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन « Khabarhub

ट्रम्पले एमी कोने ब्यारेटलाई सर्वोच्चको न्यायाधीशमा गरे मनोनयन


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षीहरुको अनुरोधलाई लत्याउँदै न्यायाधीश एमी कोने ब्यारेटलाई सर्वोच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेका छन् । ब्यारेटको मनोनयनले आगामी राष्ट्रपतीय चुनावमा पुनः निर्वाचित हुन मद्दत गर्ने अपेक्षा ट्रम्पको छ ।

स्वर्गीय न्यायाधीश एन्टोनीन स्कालियाकी पूर्व सहयोगीका रुपमा समेत कार्य गरेकी ब्यारेटले आफू सर्वोच्च अदालतको न्यायाधीशका रुपमा मनोनयनमा परेकामा अति खुशी भएको बताउँदै आफू स्कालियाको न्यायिक दर्शनबाट प्रभावित समेत रहेको बताए ।

४८ वर्षीया ब्यारेट ह्वाइट हाउसको रोज गार्डेनमा आफ्ना पति र सात बालबच्चासहित उपस्थित थिइन् । अमेरिकी माथिल्लो सदन सिनेटले उक्त नियुक्तिलाई सदर गरेमा हालै निधन भएकी सुधारवादी न्यायाधीश रुथ बाडर गिन्सबर्गको स्थानमा नियुक्त हुनेछिन् ।

रिपब्लीकन राष्ट्रपतिहरुले नियुक्त गरेकी उनी छैटौं न्यायाधीश हुनुहुनेछ भने राष्ट्रपति ट्रम्प एक्लैले तेस्रो नियुक्ति गर्नेछन् । अमेरिकी सर्वोच्च अदालतमा नौ जना न्यायाधीश हुने व्यवस्था छ ।

राष्ट्रपति ट्रम्पले ब्यारेट उच्चतम बौद्धिक र आचरण रहेको भन्दै प्रशंसा गरेका थिए । आफूले न्यायाधीशका लागि चयन गर्नुअघि ब्यारेटको व्यक्तिगत रेकर्ड राम्रोसँग हेरेको बताए ।

रिपब्लीकन पार्टीका सिनेटरहरुले आगामी नोभेम्बर ३ अघि नै सुनुवाई प्रक्रिया पूरा गर्न आतुर रहेको बताइरहेका छन् । ब्यारेटको मनोनयन पूरा हुन सके सर्वोच्च अदालतको बहुमत दक्षिणपन्थी धारमा जाने भन्दै चौतर्फी विरोध र आशंका व्यक्त गरिएको छ ।

राष्ट्रपति ट्रम्पले भने ब्यारेटको मनोनयनलाई सिनेटले अनुमोदन गरे आफूलाई राष्ट्रपति निर्वाचित गर्न ठूलो मद्दत पुग्ने विश्वासमा हुनुहुन्छ ।

सन् २०१६ मा रिपब्लीकन पार्टीको बहुमत रहेको सिनेटले तत्कालीन राष्ट्रपति बाराक ओबामाले प्रस्ताव गरेका न्यायाधीश मरिक गार्लान्डलाई चुनावी वर्ष भन्दै अनुमोदन गर्न अस्वीकार गरेको थियो ।

यसपटक रिपब्लीकनको त्यही अडान फेरिएको छ । अर्थात् ४२ दिनभन्दा छोटो अवधिमा न्यायाधीश नियुक्तीलाई सदर गर्न सिनेटमा तयारी हुँदैछ ।

सिनेटमा बहुमत पार्टीका नेता मिच म्याककोनेलले सिनेटले आगामी सातामा ब्यारेटको नियुक्तिलाई सदर गर्ने दृढता व्यक्त गरिएको छ ।

डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार जो बाइडेनले ट्रम्प र रिपब्लीकन पार्टीले बेइमानी गरेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ०९ बजे

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन