प्रदेश नं १ मा १८१ सङ्क्रमित थपिए | Khabarhub Khabarhub

प्रदेश नं १ मा १८१ सङ्क्रमित थपिए


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा १८१ कोरोना सङ्क्रमित थपिएका छन् । दैनिक सङ्क्रमण सङ्ख्या अनुसार यो सबैभन्दा बढी छ । थपिएका सङ्क्रमितमा ६५ महिला र ११६ पुरुष रहेका छन् ।

सामाजिक विकास मन्त्रालयका अुनसार मोरङमा १६७, सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश बाहिरका एकएक जनामा सङ्क्रमण भएको पुष्टि भएको छ ।

यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४३६ पुगेको छ भने इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्कीया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन, मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना गरी ३६ जनासहित अहिलेसम्ममा दुई हजार ८२५ उपचार पछि घर फर्किसकेका छन् ।

गएको सो अवधिमा ९६७ जनासहित अहिलेसम्ममा एक लाख २० हजार ९९० जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : २५ बजे

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको