‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’ « Khabarhub

‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर – तनहुँको पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गरे ।

“बन्दीपुर पूर्णरुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ”, थापाले भने ।

उनले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको बताए । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिए ।

“कोरोना कहरले बन्दीपुरको होटल व्यवसायीलाई नराम्रो असर परेको छ, होटल व्यवसायीको प्रबद्र्धनका लागि सहयोग गर्न तयार छौँ”, थापाले भने ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ सभापति वैश गुरुङले पर्यटक स्वागत गर्न व्यवसायी आतुर रहेकाले बन्दीपुर भ्रमण गर्न आग्रह गरे ।

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा आइसकेकाले पर्यटक स्वागत गर्न बन्दीपुर तयार रहेको सन्देश फैलाउन आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर सामुदायिक होमस्टे समितिका अध्यक्ष दिलकुमारी रानाले कोरोनाका कारण थला परेको होमस्टे तथा होटेलको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने बताए ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर कोरोनामुक्त छ भन्ने सन्देश देशभर फैलाएर आन्तरिक पर्यटक बन्दीपुर भित्र्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ३७ बजे

नारायणीमा ६० वर्षयताकै भीषण बाढी: करोडौँका संरचना बगे, नारायणगढ बजारमै जोखिम

चितवन – नारायणगढ बजारसँगै टाँसिएको नारायणी नदी किनारलाई ‘सिबिच’ (समुद्री

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा