‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’ | Khabarhub Khabarhub

‘बन्दीपुर पर्यटक स्वागत गर्न तयार छ’


११ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बन्दीपुर – तनहुँको पर्यटकीय नगरी बन्दीपुर पर्यटक स्वागत गर्न तयार रहेको सरोकारवालाले बताएका छन् ।

विश्व पर्यटन दिवसको अवसरमा बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल व्यवसायी सङ्घ र तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर एकाइको आयोजनामा आज आयोजना गरिएको अन्तरक्रियामा सरोकारवालाले कोभिड–१९ बाट थला परेको बन्दीपुरको पर्यटन उकास्न आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बन्दीपुरको मुख्य आधार पर्यटन रहेकाले पर्यटकीय गतिविधिलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बन्दीपुर सुरक्षित रहेकाले घुम्न आउन पर्यटकलाई अध्यक्ष थापाले आग्रह गरे ।

“बन्दीपुर पूर्णरुपमा सुरक्षित छ भन्ने सन्देश फैलाएर पर्यटक भित्र्याउनुपर्ने बेला आएको छ”, थापाले भने ।

उनले बन्दीपुरमा पर्यटकको आकर्षण बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको बताए । बन्दीपुर आउने पर्यटकलाई आकर्षित गर्न होटल व्यवसायीले प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा थापाले जोड दिए ।

“कोरोना कहरले बन्दीपुरको होटल व्यवसायीलाई नराम्रो असर परेको छ, होटल व्यवसायीको प्रबद्र्धनका लागि सहयोग गर्न तयार छौँ”, थापाले भने ।

तनहुँ उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार एकाइ सभापति वैश गुरुङले पर्यटक स्वागत गर्न व्यवसायी आतुर रहेकाले बन्दीपुर भ्रमण गर्न आग्रह गरे ।

क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले स्वास्थ्य मापदण्ड अपनाएर होटल सञ्चालनमा आइसकेकाले पर्यटक स्वागत गर्न बन्दीपुर तयार रहेको सन्देश फैलाउन आवश्यक रहेकामा जोड दिए ।

बन्दीपुर सामुदायिक होमस्टे समितिका अध्यक्ष दिलकुमारी रानाले कोरोनाका कारण थला परेको होमस्टे तथा होटेलको प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्नुपर्ने बताए ।

बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुर कोरोनामुक्त छ भन्ने सन्देश देशभर फैलाएर आन्तरिक पर्यटक बन्दीपुर भित्र्याउन सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतबार  ८ : ३७ बजे

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा (एमाले),

मुस्ताङको छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’

मुस्ताङ – मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुरमा ‘हाइअल्टिच्युड खेल मैदान’ निर्माण

दुई मन्त्रीद्वारा खानेपानी अभाव भएका क्षेत्रको अनुगमन

पर्सा – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र

बैतडीका अट्तीस खानेपानीका मुहानमा ‘कोलिफर्म’

बैतडी – बैतडीमा ३८ खानेपानीका मुहानमा ‘कोलिफर्म’ भेटिएको छ ।