नियम उल्लंघन गरेको आरोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना « Khabarhub

नियम उल्लंघन गरेको आरोपमा बेहुलीलाई तिराइयो १३ हजार डलर जरिवाना


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बेलायती प्रहरीले दक्षिण लण्डनमा एक बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लङ्घन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ ।

प्रहरीले विवाहमा सहभागी करिब २०० पाहुनालाई नियम उल्लङ्घन गरी विवाहमा सम्लग्न भएको भन्दै घर फिर्ता गरिदिएको लण्डनबाट प्रकाशित इभ्निङ स्ट्याण्डर्ड दैनिक पत्रिकाले उल्लेख गरेको छ।

विवाहमा निम्ता दिएकी ती महिलालाई प्रहरीले पक्राउ गरी १३ हजार अमेरिकी जरिवानासम्म तिर्ने गरी धरौटीमा रिहा गरेको छ ।

प्रहरीले आफूहरूलाई स्थानीय वासिन्दाले विवाहमा कोभिड–१९ नियन्त्रणका लागि तय गरेको नियम उल्लङ्घन गरेको भनी सूचना गरेपछि छापा मारेको थियो ।

विवाहमा दुलही र एक अन्य व्यक्तिलाई कोरोनाभाइरस नियन्त्रण कानून अनुसार जरिवाना हुनसक्ने बताइएको छ ।

पत्रिकाले जासुस प्रहरी सुपरिन्टेन्डेन्ट निक्की आरोस्मिथलाई उद्धृत गरी भनेको छ, ‘यो घटना कोभिड–१९ कानूनको जानाजानी उल्लङ्घन भएको र यसका कारण सङ्क्रमणको फैलिने सम्भावना थप हुने भएकोले उनलाई जरिवाना गर्न सिफारिस गरिएको छ ।’

विवाहमा २०० भन्दा बढी मानिस सहभागी भएका कारण यसले भौतिक दूरी कायम नगरेको देखिएकाले जरिवानाका लागि सिफारिस गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ०५ बजे

ललितपुरमा नेशनल चेष्ट सेन्टर सञ्चालनमा 

काठमाडौं– ललितपुर महानगरपालिका–१३, मानभवनमा श्वासप्रश्वास सम्बन्धी रोगको विशेषज्ञ उपचारका लागि

अफगानिस्तानमा दुई सडक दुर्घटना : ६ जनाको मृत्यु, १४ घाइते

काबुल– अफगानिस्तानको पूर्वी प्रान्त गजनीमा शनिबार राति भएको दुई वटा

१३२ केभी प्रसारण लाइनको आजदेखि परीक्षण सुरु

गुल्मी– नेपाल विद्युत् प्राधिकरणद्वारा गुल्मी सदरमुकाम तम्घासबाट बुर्तिबाङसम्म निर्माण सम्पन्न

ऐरीको अर्धशतक, नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं – आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट अलराउन्डर दीपेन्द्रसिंह

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौं– महाशिवरात्रि पर्वका अवसरमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा दर्शनार्थीका