एसी मिलान र रोमाको खेल बराबरी | Khabarhub Khabarhub

एसी मिलान र रोमाको खेल बराबरी


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष स्थानको एसी मिलान र रोमाको खेल बराबरीमा टुंगिएको छ ।

घरेलु मैदानमा सोमबार राति भएको खेलमा मिलान रोमासँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

भेट्रान स्ट्राइकर ज्लाटन इब्राहिमोविचले दुई गोल गरे पनि मिलानले जित हात पार्न सकेन । खेलको दोस्रो मिनेटमै इब्राहिमोविचको गोलबाट मिलानले अग्रता बनाएको थियो ।

तर, १४ औं मिनेटमा इडिन जेकोले गोल गर्दै रोमालाई १-१ गोलको बराबरीमा फर्काए ।

४७औं मिनेटमा एलेक्सिस सलिमाकेर्सले गोल गर्दै मिलानलाई २-१ को अग्रता दिलाए ।

७१औं मिनेटमा जोर्डन भेरेटोउटले पेनाल्टीमा गोल गर्दै रोमालाई फेरि बराबरीमा फर्काए ।

७९औं मिनेटमा इब्राहिमोविचले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै मिलानलाई ३-२ को अवस्थामा पुर्‍याए ।

तर, खेलको ८४ औं मिनेटमा मार्श कुम्बुल्लाले गोल गर्दै रोमालाई हारबाट जोगाए ।

घरेलु मैदानमा बराबरीमा रोकिए पनि मिलान शीर्ष स्थानमा रहेको छ । बराबरीसँगै मिलानले ५ खेलमा १३ अंक जोडेको छ । रोमा ५ खेलमा ८ अंक जोडेर तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ८ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर