हेलिकोप्टरबाट सुत्केरीको उद्धार, शिशुको मृत्यु « Khabarhub

हेलिकोप्टरबाट सुत्केरीको उद्धार, शिशुको मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बडिगाड गाउँपालिकाकी एक सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव भएपछि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बडिगाड गाउँपालिका ८ रणसिंहकिटेनीकी ३८ वर्षीया पुष्पा श्रीसलाई बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि पोखराको गण्डकी अस्पताल लगिएको हो ।

घरमै सुत्केरी गराउँदा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको थियो । तर, अवस्थामा सुधार नआएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुडामणी कँडेलले बताए ।

अहिले बच्चालाई बचाउन नसके पनि आमाको अवस्थामा सुधार आइरहेको उनले जानकारी दए । सुत्केरी पुष्पा र श्रीमान् इमानसिंह श्रीस दुवैजना पेशाले शिक्षक हुन् । दुर्गममा रहेका महिलाको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो ।

दशैँको दिन भएकाले धेरै चूनौती भएपनि ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको विशेष पहलमा उद्धार गरिएको कंडेलको भनाइ छ ।

बागलुङ भौगोलिक रुपमा विकट जिल्ला भएकाले गुणस्तरीय स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा यहाँका गर्भवति तथा सुत्केरी महिलाले बर्षेनि जटिल मातृ स्वास्थ्यसमस्या भोग्दै आएका छन् । यसवर्ष मात्रै एक दर्जन बढीको हेलिकोप्टरमार्फत उद्धार गरिसकिएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ३६ बजे

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री