दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै « Khabarhub

दाङमा जनता आवास कार्यक्रम, २६७ घर बन्दै


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा जनता आवास कार्यक्रमअन्तर्गत २६७ घर निर्माण हुने भएका छन् ।

आर्थिक रूपमा विपन्न र लोपोन्मुख जातिका लागि जिल्लामा सञ्चालित यो कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षमा छनौट भएका २६७ घर चालु आर्थिक वर्षमा निर्माण हुने भएका हुन् ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख अनन्तकुमार देवका अनुसार यो कार्यक्रमअन्र्तगत रोल्पामा ११२, प्यूठानमा ११० र पूर्वी रुकुममा ४६ घर निर्माण हुने भएका छन् । चालु आर्थिक वर्षमा यी चार जिल्लामा थप ६५ घर निर्माणका लागि छनोट भएका छन् ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत प्रत्येक वर्ष दलित समुदायका अतिविपन्न तथा लोपोन्मुख जातिका लागि घर निर्माण गर्दै आएको छ । घर निर्माणका लागी प्रत्येक परिवारले चार किस्तामा रू तीन लाख ३२ हजार ५०० अनुदान पाउने छन् ।

पहिलो किस्ताको रकम पाउनका लागि घरको जग हाली झ्याल ढोका राख्नुपर्ने हुन्छ । त्यस्तै दोस्रो किस्ता पाउनका लागि घरको चुली हाल्नुपर्ने, तेस्रो किस्ताका लागि टिनको छाना छाउनुपर्ने र चौथो किस्ताका लागि शौचालय निर्माण गरेको हुनुपर्ने प्रमुख देवको भनाइ छ ।

त्यस्तै विगत दुई बर्षमा दाङ, रोल्पा, पूर्वी रुकुम र प्यूठानमा लुम्वनी प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत २५२ घर निर्माण सम्पन्न गरिसकेको छ ।

आफ्नो जग्गा भएका तर आर्थिक अभावका कारण घर निर्माण गर्न नसकेका दलित, विपन्न मुस्लिम, सीमान्तकृत, अल्पसङ्ख्यकलगायत समुदायका लागि घर निर्माण गर्दै आएको प्रमुख देवले बताए ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १ : २९ बजे

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्

कांग्रेस सभापति थापाले लिए शपथ

काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पद तथा गोपनीयताको

लिग २ : क्यानडाद्वारा नेपालसामु २ सय ५७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग-२ अन्तर्गत शनिबारको खेलमा क्यानडाले नेपालसामु

सेनाको विपद् प्रतिकार्य : समन्वय र सहकार्यको उत्कृष्ट संयोजन

काठमाडौं–  नेपाली सेनाले भोटेकोशी बाढीपछि  विपद्का घटनामा गरिएको खोज, उद्धार

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्