खानपानले फुडपोइजन हुनसक्छ, यसरी बच्नुहोस् « Khabarhub

खानपानले फुडपोइजन हुनसक्छ, यसरी बच्नुहोस्


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना अपच भए विषाक्त भएको खाना खादाँ हुने झाडावान्तालाई फुडपोइजन भनिन्छ । यो विशेषगरी दशैँ लगायतका चाडपर्वका बेला असन्तुलित खानपानका कारण हुने गर्दछ ।

चाडवाडका बेलामा फुडपोइजनबाट बच्नु पर्दछ । यो विभिन्न किसिमका व्याक्टेरिया इकोली, सालमोनेला जस्ता व्याक्टेरियल संक्रमणका कारणले हुने गर्दछ ।

विशेषतः माछामासु अण्डा र दूग्द्य उत्पादनमा व्याक्टेरियाको छिटै संक्रमण हुन्छ । यस्ता खानेकुरा खाँदा सावधानी उपनाउनु पर्ने हुन्छ ।

अझ हात नधोई खाना पकाउँदा, बासी, सडेको, दुषित पानी, रङ मिश्रित, जङफुड क्यामिलयुक्त प्याकेटका खानाका कारणले पनि फुडपोइजन हुन्छ ।

फुडपोइजनको लक्षण
– झाडापखाला लाग्ने
– वाकवाकी लाग्ने
– भोक नलाग्ने
– पेट दुख्ने
– मन्दज्वरो आउने
– थकित महसुस हुने
– टाउको दुख्ने
– कमजोर महसुस हुने

बच्ने उपाय
– पानीलाई उमालेर, फिल्टर गरेर पिउने शुद्ध पानी प्रशस्त पिउने ।
– चाडपर्वको बेलामा पकाइएका माछामासु लामो समयसम्म नराख्ने/नखाने ।
– धेरै खानेकुरा एकैपटक नखाने
– पकाएको खानेकुरा छोपेर राख्ने
– झिँगा भन्किएको खानेकुरा नखाने
– खाना पकाउँदा, खानुअघिपछि साबुन पानीले हात धुने ।
– फलफूल राम्रोसँग पखालेर मात्र खाने
– प्याकेजिङ खाना, पेयपदार्थ, मैदायुक्त, केमिकलयुक्त नखाने ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  २ : २८ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका