काठमाडौं उपत्यकामा मात्रै  २० हजार ५८६ सक्रिय संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा मात्रै  २० हजार ५८६ सक्रिय संक्रमित


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा रहेका कुल सक्रिय कोरोना संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २० हजार ५८६ जना रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। ९७ महिलासहित २५२ जनामा संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको हो ।

यस्तै मन्त्रालयका अनुसार उपत्यकामा हालसम्म ३१४ जनाको मृत्यु भएको छ भने २० हजार ५८६ सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा २००,भक्तपुरमा ५८ र ललितपुरमा ५६ जनाको कोरोनाबाट मृत्यु भएको हो।

उपत्यकामा होम आइसोलेसनमा बस्ने बिरामीको संख्या पनि वृद्धि भइरहेको छ। मंगलबारसम्म काठमाडौंमा १० हजार ५०१, भक्तपुरमा १७ सय १९ र ललितपुरमा२३ सय ६२ गरी १४ हजार ५८२ जना होम आइसोलेसनमा छन्।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको छ। पछिल्लो २४ घण्टामा ५७० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

हालसम्म ४० हजार ६८१ कोरोनाका सक्रिय संक्रमित छन्।

मन्त्रालयका अनुसार आइसोलेसनमा ४० हजार ६८१ जना छन् भने क्वारेन्टाइनमा २९ सय ३२ जना रहेका छन्।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ४ : ५७ बजे

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित

चाडपर्वपछि सरकारविरुद्ध जनता सडकमा उत्रिन्छन्: वर्षमान पुन

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

सर्लाही– मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक : के छन् एजेन्डा ?

काठमाडौँ – समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)