भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने « Khabarhub

भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते नेपाल आउने


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय सेना प्रमुख जनरल मनोज मकुन्द नरवणे कात्तिक १९ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतीय सेना प्रमुख नरवणे कात्तिक १९ गते चार सदस्यीय भ्रमण दलकासाथ नेपाल आउने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकोछ ।

निर्देशनालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भारतीय सेना प्रमुखको नेपाल भ्रमण तय भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, “मिति २०७७/०७/१९ गते बाट २०७७/०७/२१ गते (तदानुसार ४ देखि ६ नोभेम्बर) सम्म हुने तिन दिवसिय भ्रमणका दौरान जनरल नरवणेले सैनिक मञ्चको विर स्मारकमा श्रद्दाञ्जली अर्पण, जंगी अड्डामा सम्मान गारद निरीक्षण तथा आफ्ना समकक्षी महारथी पूर्णचन्द्र थापासँग छलफल लगायत कमाण्ड तथा स्टाफ कलेजका शिक्षार्थीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।”

भारतीय सेना प्रमुख जनरल नरवणेलाई राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले एक विशेष समारोहबीच नेपाली सेनाको महारथी दर्जा प्रदान गर्ने समेत जनाइएको छ । भारतीय सेना प्रमुखले प्रधानमन्त्री तथा रक्षामन्त्रीसँगसमेत औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ०७ बजे

काठमाडौं महानगरले दश वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाका ३२ वडामध्ये १० वटा वडाबाट भूमि प्रशासन

२०४८ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन : को-को छन् अनुसन्धानको राडारमा ?

नेपाल सरकारले पुनः स्थापना भएयता सार्वजनिक पदमा बसेका राजनीतिक नेता,

रविले निवासमै बोलाएर किन भेटे दुई मधेशवादी नेताहरूलाई ?

काठमाडौं- बालेन्द्र शाहलाई प्रधानमन्त्री पद जिम्मा लगाएपछि फुर्सद भएका राष्ट्रिय

लेबनानका स्वास्थ्य केन्द्रहरूमा आक्रमण जारी 

एजेन्सी– लेबनानका स्वास्थ्य केन्द्रहरूमा  निरन्तर आक्रमण निरन्तर जारी रहेको संयुक्त

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच