अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा छ : विदेशमन्त्री पोम्पेओ « Khabarhub

अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा छ : विदेशमन्त्री पोम्पेओ


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्।

उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै उक्त घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्।

समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पेओलाई उद्धृत गर्दै भनेको छ, ‘म संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ। जसमा पीएलए (चिनियाँ सेना)सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन्। भारतको अखण्डता र स्वतन्त्रताको लडाईंमा अमेरिका उसको साथमा छ।’

उनले चिनियाँ कम्युनिस्ट पार्टी लोकतन्त्र समर्थक नभएको आरोप समेत लगकाएका छन् ।

‘चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा विश्वले देखिरहेको छ,’ उनले भने ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने अमेरिकासँग सैन्य सहयोग बढाउने बताएका छन् । दुबै देशबीच व्यापार र प्रविधि आदान प्रदान हुने र रक्षा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने सिंहको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ४५ बजे

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पीडितले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका साना बचतकर्ताको

प्रेम र गणेशको शरीरमा सल्किएको आगो निभ्यो, निभेन प्रश्न

काठमाडौं- पटक पटक सरकार फेरिए । प्रधानमन्त्री फेरिए । सत्ता

न्युजिल्यान्ड र भारतबीच ‘रणनीतिक साझेदारी’ घोषणा, रक्षा र व्यापार सहकार्य विस्तार गर्ने सहमति

अकल्यान्ड- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ऐतिहासिक न्युजिल्यान्ड भ्रमणका क्रममा दुवै देशले

उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा कालाजार (लिस्मानियासिस) का बिरामीको सङ्ख्या पछिल्ला केही

पशुपतिमा साउने सोमबारको तयारी, सफाइ अभियान सुरु

काठमाडौं– साउन महिनामा आराध्यदेव भगवान् पशुपतिनाथको पूजाआराधना एवं दर्शनका लागि