अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा छ : विदेशमन्त्री पोम्पेओ | Khabarhub Khabarhub

अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा छ : विदेशमन्त्री पोम्पेओ


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अमेरिका भारतको अखण्डता र स्वन्त्रताको पक्षमा रहेको बताएका छन्।

उनले भारतीय रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरसँगको भेटपछि लद्दाखको गलवानमा गत जुनमा भारत र चीनबीच भएको झडपको विषयमा बोल्दै उक्त घटनामा अमेरिका भारतको साथमा रहेको बताएका हुन्।

समाचार एजेन्सी एएनआईले विदेशमन्त्री पोम्पेओलाई उद्धृत गर्दै भनेको छ, ‘म संसारको सबैभन्दा ठूलो लोकतन्त्रका लागि आफ्नो ज्यान दिने सैनिकलाई श्रद्धाञ्जली दिन नेशनल वार मेमोरियल पुगेँ। जसमा पीएलए (चिनियाँ सेना)सँगको झडपमा ज्यान गुमाएका २० जना सेना पनि छन्। भारतको अखण्डता र स्वतन्त्रताको लडाईंमा अमेरिका उसको साथमा छ।’

उनले चिनियाँ कम्युनिस्ट पार्टी लोकतन्त्र समर्थक नभएको आरोप समेत लगकाएका छन् ।

‘चीन लोकतन्त्र, कानुन र पारदर्शिताको मित्र होइन र यो कुरा विश्वले देखिरहेको छ,’ उनले भने ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले भने अमेरिकासँग सैन्य सहयोग बढाउने बताएका छन् । दुबै देशबीच व्यापार र प्रविधि आदान प्रदान हुने र रक्षा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने सिंहको भनाइ छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ६ : ४५ बजे

कालीगण्डकीको कटान रोकथाम गर्न तटबन्धन

म्याग्दी– कालीगण्डकीको कटान र बाढीको जोखिममा रहेको बेनी नगरपालिका–१ लामगरामा

व्यासमा मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण

तनहुँ – जिल्लाको  व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

मध्यविन्दु– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–३ मा मोटरसाइकलको ठक्करबाट

छुट्टाछुट्टै दुर्घटनामा चार जनाको मृत्यु

धनगढी – कैलालीमा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभा भित्रियो

काठमाडौं– महिला भलिबल फ्रेन्चाइज लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग