बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ | Khabarhub Khabarhub

बैंकिङ कसुरका फरार अभियुक्त पक्राउ


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय राजेन्द्रप्रसाद प्रसाईँलाई एक महिना कैद र रु २५ लाख बिगोसहित दुवै सजाय तोकेको थियो ।

प्रसाईंकै नाममा सुरेन्द्रकुमार उप्रेतीले दिएको जाहेरीका आधारमा सोही मुद्दामा सो अदालतले ०७६ पुस २१ गते एक महिना कैद र रू ९० लाख बिगोसहित दुवै सजाय फैसला गरेको थियो ।

प्रवक्ता थापाले कार्यालय खुलेपछि प्रतिवादीलाई अदालतमा उपस्थित गराइ थप कानूनी कारबाही अघि बढाइने बताए ।

झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई आफ्नै गाउँबाट पक्राउ गरेको थापाले जानकारी बताए । प्रसाईँलाई कार्यालय खुलेपछि अदालतसमक्ष उपस्थित गराइने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  ७ : ४६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र