विश्व फुटबलका महान खेलाडी डिएको म्याराडोनाको अन्त्येष्टि « Khabarhub

विश्व फुटबलका महान खेलाडी डिएको म्याराडोनाको अन्त्येष्टि


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित  चिहान घरमा अन्त्येष्टि गरिएको छ ।

बिहीबार भएको अन्त्येष्टि समारोहमा परिवारका सदस्य, आफन्त र नजिकका साथी गरी २५/३० जना मानिस सह्रिक भएका थिए ।

उनको कफिन लगिँदै गर्दा भने ठूलो संख्यामा उनका फ्यानहरुले अन्तिम बिदाई गरेका थिए । अधिकांशका आँखा रसाएका थिए । उनीहरुले म्याराडोनाको कफिन तर्फ चुम्बन गरेका थिए ।

तस्वीर : रोयटर्स

म्याराडोनालाई अन्तिम बिदाई गर्न बाटोमा भेला भएका मानिसहरुको भीड अत्याधिक भएपछि प्रहरीले अश्रु ग्यास र रबर बुलेटसमेत प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

राजधानीको बाहिरी क्षेत्रमा रहेको बेला भिस्टा चिहान घरमा म्याराडोनाको पार्थिव शरीर गाडिएको हो ।

तस्वीर : रोयटर्स

घरमै रहेका बेला उनलाई बुधबार हृदयघात भएको थियो । ६० वर्षका म्याराडोनाको दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ११ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि