विश्वभर १ लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर | Khabarhub Khabarhub

विश्वभर १ लाख ४ हजार कोरोना संक्रमितको अवस्था गम्भीर


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर विभिन्न अस्पतालमा उपचाररत १ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमितको अवस्था गम्भीर रहेको पाइएको छ ।

वर्ल्डोमिटर्सका अनुसार हाल विश्वभर १ करोड ७४ लाख ६८ हजार ८२४ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १ लाख ४ हजार ९०३ जनाको अवस्था गम्भीर रहेको छ ।

दोस्रो लहरको संक्रमण तीव्र हुँदा कोरोना संक्रमणबाट हुने मृत्युमा पनि दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै जान थालेको छ ।

यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा  १० हजार ९५३ संक्रमितको मृत्यु भएको छ । बिहिबारभन्दा मृतक संख्या घटेपनि पछिल्ला केही दिन यता मृतक संख्या बढ्दो क्रममा छ ।

बिहिबार (११ मंसिरमा) अहिलेसम्मकै उच्च १२ हजार ५३ जनाको मृत्यु भएको थियो ।

चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ३७ हजार ६२९ जनाको मृत्यु भएको छ ।

दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार २७६ जनाको मृत्यु भएको छ ।

युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

बेलायतमा पछिल्लो २४ घण्टामा ४९८ संक्रमितको मृत्यु भएको छ । योसँगै त्यहाँ मृतकको कुल संख्या ५७ हजार ३१ पुगेको छ ।

जाडो मौसमसँग संक्रमितको संख्या बढ्दै जाँदा बेलायतलगायत युरोपभर नै मृतकको संख्या बढ्दै गएको छ ।

युरोपमा भने बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ। इटालीमा अहिलेसम्म ५२ हजार ८५० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।

संक्रमणको दोस्रो लहरसँग युरोपका अधिकांश देशले प्रतिबन्धका नयाँ नियमहरु जारी गरेका छन्।

संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ४ लाख १ हजार ५७४ जनाको मृत्यु भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा २ हजार ३२४ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६९ हजार ५५५ जनाको मृत्यु भएको छ । संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।

यस्तै मेक्सिकोमा १ लाख ३ हजार ५७९ जनाको मृत्यु भएको छ । धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।

यस्तै एसियाली मुलुकमा २ लाख ८५ हजार १२४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ७६६ जनाको मृत्यु भएको छ ।

एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार ७५२ जनाको मृत्यु भएको छ । मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।

यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २१ हजार ७२० संक्रमितको मृत्यु भएको छ । दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७१ हजार ४९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५१ हजार ३३ पुगेको छ । पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा २९७ जनाको मृत्यु भएको छ ।

अफ्रिकी महादेशमा दक्षिण अफ्रिका संक्रमणको सबैभन्दा धेरै चपेटामा परेको छ । त्यहाँ यो समाचार तयार पार्दा २१ हजार २८९ संक्रमितको मृत्यु भएको छ ।

यस्तै ओसियानामा १ हजार १३ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा ५ लाख ४० हजार ८०२ जनामा संक्रमण भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड १२ लाख ९१ हजार ७६० पुगेको छ । संक्रमितमध्ये ४ करोड २३ लाख ८५ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ४० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर