व्रत सकिएपछि के खाने, के नखाने ? « Khabarhub

व्रत सकिएपछि के खाने, के नखाने ?


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

तर, व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् ।

दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान चिकित्सकहरूले सुझाएका छन् ।

दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझाइएको छ ।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।

ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ ।

व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

व्रतमा बदाम भिजाएर दुधमा लगाएर पनि खान सकिन्छ ।

व्रत सकिएपछि केहि छिन रिलिफ भन्दै कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् ।

यसअतिरिक्त मसलेदार खाना पनि खानु राम्रो नहुँने बताइएको छ ।

यो बेला रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ४५ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी