व्रत सकिएपछि के खाने, के नखाने ? « Khabarhub

व्रत सकिएपछि के खाने, के नखाने ?


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।

तर, व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् ।

दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान चिकित्सकहरूले सुझाएका छन् ।

दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझाइएको छ ।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।

ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ ।

व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

व्रतमा बदाम भिजाएर दुधमा लगाएर पनि खान सकिन्छ ।

व्रत सकिएपछि केहि छिन रिलिफ भन्दै कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् ।

यसअतिरिक्त मसलेदार खाना पनि खानु राम्रो नहुँने बताइएको छ ।

यो बेला रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ५ : ४५ बजे

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको