गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत « Khabarhub

गुल्मी जीप दुर्घटना अपडेट : मृतक पाँच जनाको सनाखत


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी- गुल्मीमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार इश्मा गाउँपालिका वडा नं ४ का ६५ वर्षका डम्मर बहादुर हितान , ३३ का शिवबहादुर दर्लामी , ३० वर्षका बसन्त दर्लामी , ३३ वर्षका धनबहादुर अछामी र मालिका ५ का बर्ष ८० की सुन्दरी थापाको मृत्यु भएको छ ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । इश्माकै वडा नं ४ का १९ वर्षका पर्शुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङको तम्घासमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

इश्मा गाउँपालिका वडा नं ४ हुलबाट तमघासका लागि छुटेको लु १ ज ११६६ नम्बरको जीप बिहान साढे ७ बजेतिर दुर्घटना भएको थियो । प्रहरीले जीपका चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ९ : ३१ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन