पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने « Khabarhub

पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताएका छन् ।

सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा नेता नेम्वाङले नेकपाका लागि एकताबाहेकको विकल्प नरहेकाले एकता प्रक्रिया टुङ्ग्याएर स्थायी कमिटीको दिशानिर्देशानुसार सरकार र पार्टी अघि बढ्ने बताए ।

राजनीतिक स्थिरता र स्थिर सरकारले मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भएकाले नेकपा स्थायी कमिटीको मर्मअनुसार सबै अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

पछिल्लो दुई सातामा जिल्लामा ११ कार्यक्रममा सहभागी भएका मन्त्री नेम्वाङले स्थानीयस्तरका विकासनिर्माणका कामलाई द्रुत र प्रभावकारी बनाउन विशेष जोड दिइने बताए।

उनले पुष्पलाल (मध्यपहाडी) लोकमार्गसहित मुख्य सडक तथा पूर्वाधारका आयोजना समयमै पूरा गर्न सरकारले प्रभावकारी कदम चाल्ने बताए ।

उनले सदरमुकाम फिदिम क्षेत्रका सडक विस्तार तथा कालोपत्र, फिदिमस्थित खेल मैदानको स्तरोन्नति र जिल्ला अस्पतालमा भेन्टिलेटर, सघन उपचार कक्ष र अक्सिजन प्लान्ट स्थापना कार्य द्रुत बनाउन निर्देशन दिइएको जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ०२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र