बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल « Khabarhub

बबी र करणसँग मिलेर फिल्म बनाउँदै छन् सनी देओल


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सनी देओलले आफ्ना छोरा करण देओललाई फिल्ममा मौका दिने योजना बनाइरहेका छन् । यसअघि करणको अभिनय रहेको फिल्म ‘पल पल दिल के पास’ नराम्रोसँग असफल भएको थियो ।

सनी एक स्क्रिप्टको खोजीमा थिए, जुन फिल्मको कथा दमदार होस् । अब भने बलिउडमा चर्चा चल्न थालेको छ कि, सनीले आफ्नो छोराका लागि एक दमदार स्क्रिप्ट भेट्याएका छन् ।

सनीले चाँडै नै करणलाई अनुबन्ध गरेर नयाँ फिल्मको घोषणा गर्न गइरहेका छन् ।

यति मात्र होइन, फिल्ममा सनीका भाइ बबी देओलको पनि अभिनय रहनेछ । पछिल्लो समय बबी देओलले ओटीटीमा दर्शकको ध्यान खिच्न सफल भएका छन् ।

करण र बबीको अभिनय रहने फिल्मलाई सनी देओलले निर्देशन गर्नेछन् । यसअघि करणको पहिलो फिल्म पनि सनीले नै निर्देशन गरेका थिए ।

सनीको निर्देशनको आलोचना समेत भएको थियो । यद्यपि दोस्रो प्रोजेक्टमा पनि सनी आफै निर्देशक रहने तयारी थालेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  २ : ३५ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको