नेपालमा पछिल्लो २४ घण्टामा थपिए १७०३ कोरोना संक्रमित, २३ को मृत्यु « Khabarhub

नेपालमा पछिल्लो २४ घण्टामा थपिए १७०३ कोरोना संक्रमित, २३ को मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा थप १७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार ६४० थियो ।

पछिल्लो २४ घण्टामा थप १२३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १० हजार ६७१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ रहेको थियो ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४३५ पुगेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : २४ बजे

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.

जताततै घण्टी बज्दा ठुला दलमा ‘हाइभोल्टेज’को झड्का : प्रचण्डबाहेक सबै नेता पराजित

काठमाडौँ – जेनजी आन्दोलनपछि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभर

भोजपुरमा माटो चिह्नका उम्मेदवार अगाडि

भोजपुर– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत परिणाम आउने

समानुपातिकमा पनि रास्वपा ठूलो अन्तरले अगाडि, कुन दलको मत कति ?

काठमाडौँ– प्रतिनिधिसभा सदस्य अन्तर्गत समानुपातिकतर्फको मतगणना पनि जारी रहेको छ

पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी

काठमाडौँ – पाँचथरबाट नेपाली कांग्रेसका नरेन्द्रकुमार केरुङ विजयी भएका छन्।