काठमाडौं उपत्यकामा थपिए ८२२ कोरोना संक्रमित, १० को मृत्यु | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ८२२ कोरोना संक्रमित, १० को मृत्यु


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार १२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  काठमाडौंमा ५९९ , ललितपुरमा १६० र भक्तपुरमा ६३ जनामा कोरोना स‌क्रमित थपिएका हुन् ।

यस्तो छ तथ्य्यांक

त्यसैगरी सो अवधिमा काठमाडौंमा ३, ललितपुर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्रै कोरोना स‌क्रमितको संख्या ८६ हजार ३७१ पुगेको छ जसमध्ये ३४२ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ७८ हजार १६२ छ।

त्यस्तै ललितपुरमा १२ हजार ९६४ जना संक्रमित भएका छन्। जसमा १०३ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ३१५ जना निको भएका छन्।

भक्तपुरमा हालसम्म ७ हजार ७८९ संक्रमितमध्ये ८९ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ९२ जना निको भइसकेका छन्।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौमा ७ हजार ८६७, ललितपुरम १ हजार ५४६ र भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् ।

 

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ४२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’