कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) | Khabarhub Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गत २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा  प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी,  प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोनाको संक्रमण भएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ५२ बजे

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

काठमाडौं– सरकारले ‘साउन महिना डेङ्गी सचेतना’ घोषणा गरेको छ ।

नगरसभामा टिप्पणी- बालेनको नेतृत्वमा पनि महानगर परम्परागत ढर्राबाट माथि उठ्न सकेन

काठमाडौं- काठमाडौं महानगरपालिकाकी नगरकार्यपालिका सदस्य अनिता कार्की ढोलीले युवा भनिएका

पाकिस्तानी एयरलाइन्समाथिको प्रतिबन्ध हटाउने बेलायतको निर्णय

एजेनसी – बेलायतको राजधानी इस्लामाबादस्थित बेलायती दूतावासले पाकिस्तानी वायुसेवा कम्पनीमाथि

संस्कृति मन्त्रालयले बाँड्यो ९ वटा राष्ट्रिय पुरस्कार (तस्बिरहरू)

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बुधबार ९

इयूको अदालतद्वारा ले पेनका उत्तराधिकारीले दायर गरेको मुद्दा खारेज

लक्जेम्बर्ग– युरोपेली संसद्को निर्णयविरुद्ध युरोपेली सङ्घ (इयू) को एक अदालतले