कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित) « Khabarhub

कुन जिल्लामा कति संक्रमित थपिए ? (विवरणसहित)


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा गत २४ घण्टामा १ हजार ७०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै हालसम्म संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिलो २४ घण्टामा  प्रदेश १ को इलाममा १, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ९६, ताप्लेजुङमा २, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा २, मोरङमा १ सय ९, संखुवासभामा १ र सुनसरीमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी,  प्रदेश २ को धुनषामा ११, पर्सामा ९, बारामा ६, महोत्तरीमा ४, रौतहटमा २, सप्तरीमा ९, सर्लाहीमा ६ र सिरहामा ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ५ सय ९९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २८, चितवनमा २५, दोलखामा १०, धादिङमा ७, नुवाकोटमा १६, भक्तपुरमा ६३, मकवानपुरमा २१, रसुवामा १, ललितपुरमा १ सय ६०, सिन्धुलीमा ४ र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा ८, तनहुँमा १५, नवलपरासी पूर्वमा ४, पर्वतमा १०, लमजुङमा ५ र स्याङजामा १० जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ११, गुल्मीमा ११, दाङमा ४५, नलवपरासीमा १५, पाल्पामा १७, प्यूठानमा ३, बर्दियामा २३, बाँकेमा २६, रोल्पामा २ र रुपन्देहीमा ७० जनामा कोरोनाको संक्रमण भएको छ ।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ९, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिममा १, सल्यानमा ६ र सुर्खेतमा ४ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा ८, कञ्चनपुरमा १२, कैलालीमा ३७, डडेल्धरामा ६, डोटीमा १, दार्चुलामा १, बझाङमा ८ र बैतडीमा ११ जनामा कोरोना कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ४ : ५२ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु