किन बाधिन्छ कालो धागो ? यस्तो छ कारण | Khabarhub Khabarhub

किन बाधिन्छ कालो धागो ? यस्तो छ कारण


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कतिपय मानिसहरु हातखुट्टामा कालो धागो बाध्ने गर्दछन् । प्रायः युवतीहरुले खुट्टामा कालो धागो बाधेको देख्नु भएको होला । तर किन बाधिन्छ कालो धागो ?

ज्योतिषहरु शनी दोष बच्नकालागी कालो धागो बाध्ने गरेको बताउँछन् । कालो रंग र यस रंगको धागो शनी ग्रहसंग सम्बन्धित छ । तर शरीरमा कालो धागो बाध्नु अगाडी केही विषयमा भने विशेष ध्यान पुर्याउनु पर्दछ ।

ज्योतिषहरुका अनुसार कुण्डलीमा अनुकूल ग्रहको दशा वा प्रतिकूल ग्रह दोष निवारण गर्न कालो धागो बाध्नु पर्दछ । यसका लागी शनिबारका दिन हनुमानजीका चरणमा कालो धागो अर्पण गरेर यसलाई गेरुरंगको सिंदूर लगाएर मात्र धारण गर्नु पर्दछ ।

यसरी लगाइने कालो धागो गलामा लगाउनु पर्दछ । गलामा कालो धागो बाध्दा यसले मानिसको रोग प्रतिरोधक क्षमता बढाउने धार्मीक मान्यता रहेको छ ।

खुट्टा वा पाखुरामा लगाइने कालो धागोले खराब दृष्टिबाट बचाउने मान्यता छ । अझैपनि सानानानीका अभिभावकहरु बच्चालाई कालो टीका लगाउने गर्दछन् । यस अलावा हात वा खुट्टामा कालो धागो वा चुरा लगाइदिन्छन् । यहाँ लगाइने कालो धागोले खराब शक्तिबाट बचाउने र कुनै पनि दोष नलाग्ने धार्मीक विश्वास छ ।

कालो धागो लगाउँदा रुद्र गायत्री मन्त्र पाठ गर्ने र दैनिक बिहान यो मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात् ।।

कालो धागो धारण गर्दा सकेसम्म शुभ मुहूर्त वा ब्रह्म मुहूर्तमा मात्र लगाउनु पर्दछ । हात वा खुट्टामा यो धागो धारण गर्दा अन्य रंगको धागो हुनु हुदैन । यदि शनी ग्रहको प्रभावबाट बच्न कालो धागो धारण गरेको हो भने शनिबारको दिन बाध्नु उत्तम हुन्छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  १२ : १३ बजे

राष्ट्रसंघको मञ्चमा ट्रम्प आउँदै गर्दा बिग्रियो एस्केलेटर : भाषणअघि टेलिप्रम्प्टर बन्द, रूसका राजदूतले खिचे भिडियो

न्यूयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार संयुक्त राष्ट्र महासभालाई सम्बोधन

इरानमा मृत्यु दण्डको सङ्ख्यामा वृद्धि

पेरिस – इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री महावीर पुन (तस्बिरहरू)

काठमाडौं – शिक्षा तथा विज्ञान प्रविधि मन्त्री महावीर पुनका लागि

करिब पाँच हजार जनामा डेङ्गी सङ्क्रमण

काठमाडौं – डेङ्गीको सङ्क्रमण पाँच हजारको नजिक पुगेको छ ।