‘नेपाल आउन पाउँदा गर्व लागेको छ’ « Khabarhub

‘नेपाल आउन पाउँदा गर्व लागेको छ’


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– भारतीय विदेश सचिव हर्षबद्र्धन शृङ्गलाले भूकम्पपछिको पुनःनिर्माणमा नेपाललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

भारत सरकारको सहयोगमा गोरखा नगरपालिकाभित्र भूकम्पले क्षति पुर्‍याएका तीन विद्यालय पुनःनिर्माण सम्पन्न भएसँगै शुक्रबार नवनिर्मित भवनको उद्घाटन गर्दै उनले यस्ता खालका सहयोगले नेपाल र भारतबीचको वर्षौँदेखि सम्बन्ध झन् प्रगाढ हुने बताए ।

भूकम्पले क्षति पुर्‍याएका निजी आवास, सामुदायिक विद्यालय र स्वास्थ्यचौकी पुनःनिर्माणमा भारत सरकारले सहयोग गर्दै आइरहेको जनाउँदै विदेश सचिव शृङ्गलाले नेपाललाई भारतको सहयोग सधैँ रहने बताए । उनले नेपाल एकीकरणको उद्गम थलो गोरखामा आउन पाउँदा आफूलाई गर्व लागेको बताउँदै भने, “नेपालीहरु विश्वभरि साहसीका रुपमा चिनिन्छन्, तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरण शुरुआत गरेको ठाउँमा आउन पाउँदा मलाई गर्व लागेको छ ।”

भारत सरकारको सहयोगमा गोरखा नगरपालिकामा महालक्ष्मी माध्यमिक विद्यालय, रत्नलक्ष्मी माध्यमिक विद्यालय र तारा माध्यमिक विद्यालय छेवेटारको भवन पुनःनिर्माण सम्पन्न भएको हो । तीनै नवनिर्मित विद्यालय भवनको महालक्ष्मी मावि लक्ष्मीबजारमा आयोजित कार्यक्रमका बीच विदेश सचिव शृङ्गलाले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा गोरखा नगरपालिका प्रमुख राजनराज पन्त, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण सचिव रामकृष्ण सापकोटा, जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोक गुरुङलगायतले भारतको सहयोगको प्रशंसा गरेका थिए। कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रालगायतको पनि सहभागिता थियो ।

भारतले नेपालमा भूकम्पपछि गोरखा र नुवाकोट जिल्लामा गरी कुल ५० हजार घर निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो । सोअनुसार दुई जिल्लामा गरी ४६ हजार पाँच सय घर निर्माण सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ ।

तीमध्ये गोरखा जिल्लामा २५ हजार १७ घरधुरी निर्माण भएको छ । नेपाल आवास पुनर्निर्माण परियोजना, भारत सरकारको आर्थिक सहयोगमा सन् २०१८ मार्च महिनादेखि युएनडिपीका समन्वयमा गोरखा जिल्लामा कार्यक्रम सञ्चालनमा रहेको छ ।

सो परियोजनामा स्थानीय साझेदारी संस्थाका रुपमा पद्धति विकास केन्द्र र स्वाराँ सघन गाउँ विकास केन्द्रमार्फत जिल्लाका गोरखा र पालुङटार नगरपालिका तथा धार्चे, गण्डकी, अजिरकोट, आरुघाट , सिरानचोक र शहीद लखनसहित ६ गाउँपालिकाका ४२ वडामा सञ्चालन भइरहेको छ ।

परियोजनालले २६ हजार ९१२ घरधुरीका लागि सामाजिक प्राविधिक सहजिकरणअन्तर्गत काम गरिरहेको छ । तीमध्ये भदौ मसान्तसम्म २५ हजार १७ घर निर्माण सम्पन्न भइसकेको तथा ६७७ निर्माणाधीन रहेको परियोजना गोरखा प्रमुख राम सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ६ : ३८ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह