एक दिवसीय क्रिकेट : अस्ट्रेलियासँग ६६ रनले हार्‍याे भारत « Khabarhub

एक दिवसीय क्रिकेट : अस्ट्रेलियासँग ६६ रनले हार्‍याे भारत


१२ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियासँगको पहिलो एकदिवसीय क्रिकेटमा भारत ६६ रनले पराजित भएको छ ।

अस्ट्रेलियाले दिएको ३ सय ७५ रनको लक्ष्य पछ्याएको भारत ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ८ रनमा समेटियो ।

भारतका लागि हार्दिक पाण्डेयाले ९० र शिखर धवनले ७४ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि एडम जम्पाले चार, जोश हेजलवूडले तीन र मिचेल स्टार्कले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै तीन सय ७४ रन बनायो । उसका लागि एरोन फिन्च र स्टेभेन स्मिथले शतकीय पारी खेले ।

बलिङतर्फ भारतका लागि मोहम्मद शामीले तीन विकेट लिँदा जसप्रित बुमराह, नवदीप सैनी र युजविन्द्र चाहलले एक–एक विकेट लिए ।

जितसँगै तीन खेलको शृङ्खलामा अस्ट्रेलिया एक–शून्यले अघि भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार  ७ : ३० बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।